बिहीबार, माघ १५ २०७७
काठमाडौं १४:४२
वासिङटन डिसी 03:57

प्रथम नगर स्थरीय फुटबलमा वडा नं.९ द्धारा वाड नं.५ ५–१ गोल अन्तरले पराजित

इनेप्लिज २०७२ माघ २ गते १३:३४ मा प्रकाशित

1

पथरी, २ माघ ।
मोरङको पथरीशनिचरे नगरपालिका–२ स्थीत बुद्ध युथ क्लबद्वारा आयोजित प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको तोस्रो दिन आज शनिबार वडा नं. ५ र ९ बीच खेल भएको । निकै प्रतिस्पर्धा खेलमा वाड नं. ९ का गोल ईस्टाइकर सुजन लिम्बुले खेल अवधिभर निकै उत्तकृष्ट खेल प्रदशन गरे । खेलको १२,२६,४३,४७ र ५३ औं मिनेटमा वडा नम्बर ९ का जर्सी नम्बर १० का सुजन लिम्बुले ५ गोल गरी टिमलाई जित दिएका हुन् ।

2

खेलको सुरु भएको २ मिनेटमा वडा नं. ५ का लोरेन राईले १ गोल गरेपनि वाडा नं. २ प्रतियोगिताबाट बाहिरीनु पर्यो । खेलको म्यान अफ द म्याच पनि ५ गोल कर्ता सुजन लिम्बु घोषित भए । वडा स्तरीय फुटबल प्रतियोगितामा नगरका १५ वडाको टिमहरु सहभागि छन् । प्रतियोगिताको विजेतालाई १५ हजार रुपैया र उपविजेतालाई ८ हजार रुपैया साथमा ट्रफी, मेडल प्रदान गरिने छ । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द सिरीज, उत्कृष्ट खेलाडी, वेस्ट गोलरक्षक, वेस्ट डिफेन्डर, वेस्ट खेलाडी, वेस्ट कोच र उत्कृट खेल अवधि भर ३ गोल कर्तालाई नगद सहित पुरस्कार प्रदान गरिने आयोजक कमिटिका संयोजक नैना सिंह राईले जानकारी दिनुभयो ।

3 प्रतियोगिताको विजेताको पुरस्कार कतारमा रहेको पथरीशनिचरेका अनिल चुडाल, सन्जय गुरुङ र कुमार तामाङले र उपविजेताको पुरस्कार पथरी निमार्ण व्यावसायी संघले प्रायोजन गरेको छ । खेल सम्पन्न गर्न १ लाख ४० हजार रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । नगर स्तरीय फुटबल प्रतियोगीतामा खर्च गरेर बचेको रकम आगामी हुने तेस्रो पथरी गोल्डकपलाई सहयोग स्वरुप दिइने आयोजकले बताएका छन् । भोली शनिबारको खेल वडा नं. ६ र १४ बीच हुनेछ ।

11

प्रतिक्रिया