मंगलबार, माघ ६ २०७७
काठमाडौं ०५:४२
वासिङटन डिसी 18:57

दोलखाका भूकम्पपीडितलाई न्यानो कपडा वितरण

इनेप्लिज २०७२ माघ २ गते १२:५१ मा प्रकाशित

rahat-2

दोलखा, १ माघ । दलित एकता समाज नेपालको बिशेष पहलमा जाडोले कठ्याङ्ग्रीएका भूकम्पपीडितलाई न्यानो कपडा वितरण गरेको छ । मेलुङ–८ दोलखामा रहेका ८२ घरधूरीलाई एक थान सुकुल कम्बल र एकथान कम्बल वितरण गरेको गरि समाजका पदाधिकारी काठमाडौँ फर्केका छन् l

वैशाख १२ र बैशाख २९ को भूकम्पले दोलखामा निकै क्षति पुगेकोले घरबार विहीन बनेकाहरु जस्ताको टहरामा बस्न बाध्य छन् । दोलखाकै कतिपय स्थानमा चिसोको कारण ज्यान गएको थियो । यस्ता समाचार संचार माध्यममा आए पछि रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुले आफूले कमाएको केही रकम पठाएका थिए ।

राहत

यस्तै रकम पठाउने क्रममा अमेरिकामा रहेका नेपालीहरुको गैर मुनाफा सामाजिक संस्था नासो, हङकङमा रहेका नेपालीहरुको संगठन ग्लोबल फोरम, साउदीमा रोजगारीको शिलशिलामा रहेका, राम रसाइली, निर्दोश वि.क, हरि परियार, रमेश बोहोरा, कुवेतमा कार्यरत, रोजन भुसाल र क्यानडामा कार्यरत तेन्जिङ लिम्बुले लगायतले आर्थिक सहयोग पठाएका थिए । उनीहरुले पठाएको रकमबाट दलित एकता समाज नेपालले कम्बल तथा सुकुल वितरण गरेको थियो ।

दलित एकता समाज नेपालकी महासचिव सरु सुनारले मानवीय आर्थिक सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिएकी छिन् l

rahat-6

प्रतिक्रिया