मापसे गर्ने बीस जना पक्राउ
इनेप्लिज
२०७२ माघ १ गते १३:०९ मा प्रकाशित
रत्ननगर (चितवन), १ माघ । धार्मिक पर्यटकीय क्षेत्र देवघाटधाममा आज लागेको माघेसङ्क्रान्ति मेलामा मापसे गरेर होहल्ला गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दर्शनार्थीको सुरक्षाका लागि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार देवघाटधाम क्षेत्रमा मासु र मदिरा निषेधित गरिएको छ । पक्राउ परेका सवैलाई जरिवाना तिराएर छाडिने बताइएको छ । यहाँ भक्तजनको सुरक्षार्थ ठूलो सङ्ख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ ।
देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्क पौडेलले देवघाटधाम क्षेत्रमा विगतदेखि नै मदिरा निषेध गरिएको बताउनुभयो । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल त्रिशूली र कालीगण्डकीको दोभान देवघाटधाम क्षेत्रमा आज दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूली र कालीगण्डकी मिसिएर यहाँबाट नारायणी नदी सुरु हुन्छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया