मंगलबार, माघ १३ २०७७
काठमाडौं ०४:२६
वासिङटन डिसी 17:41

श्रीलंकाविरुद्ध नेपाल विजयी, विमल घर्तीमगरले हाने उत्कृष्ट गोल

इनेप्लिज २०७२ पुष २९ गते २२:२८ मा प्रकाशित

Banducup-Football

काठमाडौं, २९ पुस । बंगलादेशको ढाकामा जारी बंगबन्धु गोलकप फुटबल प्रतियोगितामा श्रीलंकाविरुद्ध नेपाल विजयी भएको छ । नेपालले श्रीलंकालाई १–० गोलले हराएको हो । बुधबार दिउँसो बंगबन्धु खेल मैदानमा भएको खेलमा नेपालका लागि स्ट्राइकर बिमल घर्तिमगरले एकमात्र उत्कृष्ट गोल गरे । उनले खेलको दुई मिनेटमै गोल गरेका हुन् । यसअघि भारतमा भएको १२ औँ साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकासँग एक सून्य गोल अन्तरले पराजित भएको थियो । बंगबन्धु फुटबलको उद्घाटन खेलमा नेपाल मलेसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । जितपछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।

प्रतिक्रिया