चितुवाको आक्रमणबाट तीन वर्षमा नौ बालबालिकाको मृत्यु
बनेपा, २९ पुस । काभ्रेपलाञ्चोकमा चितुवाको आक्रमणबाट नौ बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकले झण्डै तीन वर्षको अवधिमा चितुवाको आक्रमणबाट दुई वर्षदेखि १० वर्षसम्मका नौ बालबालिकाको मृत्यु भएको जानकारी दिएको छ ।
मृत्यु हुनेमा पाँचखाल नगरपालिका १ का ७ वर्षीया सुशीला तामाङ, देवभूमि बालुवा ८ की ७ वर्षीया सलिना पाण्डे, रवीओपी वडा नं १ का ४ वर्षीय पुकार तामाङ, देवभूमि बालुवा ८ का ४ वर्षीय विल बहादुर श्रेष्ठ, सोही ठाउँका ३ वर्षीय सुनिल लामा, नासिकास्थान २ की १० वर्र्षीया दीपिका विष्ट, खनालथोक गाविस ३ की ४ वर्षीया रमिला खनाल, मेथिनकोट गाविस ५ का ५ वर्षीय नविन भूर्तेल, सोही ठाउँका २ वर्षीय मोहन भूर्तेल रहेका छन् । उनीहरुलाई फरक फरक मितिमा चितुवाले आक्रमण गरी मारेका थिए ।
जिल्ला वन कार्यालयका वन अधिकृत प्रेम खनालले चितुवा आहाराको खोजीमा गाउँ पस्ने र मान्छेलाई आहारा बनाउने गरेको बताउनुभयो । उहाँले सरकारले चितुवाबाट भएको पशुधन र मानवीय क्षतिको राहत उपलब्ध गराउन लागेको जानकारी पनि दिनुभयो । जिल्लामा तीन वर्षको अवधिमा १९ वटा विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ ।
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
प्रतिक्रिया