मंगलबार, माघ ६ २०७७
काठमाडौं ०५:०२
वासिङटन डिसी 18:17

डोनाल्ड ट्रम्पको अभियान सस्तो लोकप्रियताका लागिः अमेरिकी राष्ट्रपति

इनेप्लिज २०७२ पुष २९ गते २:३६ मा प्रकाशित

barak-obama1वाशिङटन (अमेरिका), २९ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको अभियानलाई सस्तो लोकप्रियता कमाउने प्रयासमा आएको दाबी गर्नुभएको छ ।

मङ्गलबार एक अमेरिकी टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले रिपब्लिकन पार्टीका अग्रपङ्तिका नेता ट्रम्पले अमेरिकी जनताको भविष्यका बारेमा देखाउनुभएको डर र अनिश्चिततालाई लोकप्रियता कमाउने सस्तो प्रचार भएकोे आरोप लगाउनुभयो ।

रिपब्लिकन पार्टीका नेता ट्रम्प चुनावी अभियानमा गम्भीर रुपमा लाग्नुभएको छ भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ओबामाले ट्रम्पको विजयलाई नकार्दै भन्नुभयो, ‘उहाँले जितेमा मसँग कुरा गर्नुस्’ ।

तर आफ्नो अन्तरवार्तामा राष्ट्रपति ओबामाले आफ्नो प्रतिज्ञाअनुसार राष्ट्रलाई हाँक्ने कुरामा केही समस्या आएको र अहिले अमेरिकी नागरिक थप विभाजित भएको स्वीकार गर्नुभयो ।

विभाजन राष्ट्रपति ओबामाको कारण थियो त भन्ने प्रश्नमा घुमाउरो पारामा उहाँले भन्नुभयो, आफ्नो नेतृत्वकालको गौरव गर्ने अवस्था नरहनुमा राष्ट्रपति ओबामाले दुःख प्रकट गर्नुभयो ।

अन्तरवार्ताका क्रममा सँगै देखिनुभएका उपराष्ट्रपति जो विडेनले भन्नुभयो, नेता ट्रम्पले राष्ट्रपतिको निर्वाचनमा विजय हुनसक्ने संभावना भएको बताउनुहुँदै यदि उहाँ राष्ट्रपतिको चुनावमा विजय हुनुभएमा उहाँले राज्य सञ्चालनका धेरै गम्भीर विषयमो जानकारी पाउने बताउनुभयो ।

अमेरिकी विदेश नीति र आन्तरिक नीतिका बारेमा गहिरो ज्ञान पाउन पनि जिम्मेवारी सम्हाल्नुपर्ने उपराष्ट्रपति विडेनले बताउनुभयो ।

प्रतिक्रिया