नेपालमा फेरि विनाशकारी भूकम्प जानसक्ने वैज्ञानिकको चेतावनी

इनेप्लिज २०७२ पुष २८ गते १५:५२ मा प्रकाशित

Shristhi-shresthaकाठमाडौं, २८ पुस । बेलायतका वैज्ञानिकहरुले नेपालमा फेरि विनाशकारी भूकम्प जानसक्ने चेतावनी दिएका छन् । लण्डनका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा पुनः विनाशकारी भूकम्प जानसक्ने उच्च सम्भावना रहेको औंल्याइएको हो । वैज्ञानिकहरुले नेपालमा गत वैशाख १२ मा आएको विमानकारी भूकम्पसँग सम्बन्धित तथ्यहरु अध्ययन गरेर सो निष्कर्ष निकालेको समाचार संस्था बीबीसीले जनाएको छ । बीबीसीका विज्ञान मामिला संवाददाता जोनाथन एमोसका अनुसार नेपालमा ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प ‘टेक्टानिक प्लेट्स’ एक आपसमा ठोक्किएका कारण आएको हो ।

स्याटलाइट डाटाबाट वैज्ञानिकले हिमालयको दक्षिणी भागमा ११ किलोमिटटको क्षेत्रमा भूगर्भीय चट्टानमा धेरै चलायमान भएको बीबीसीका विवरणहरुमा उल्लेख छ । वैज्ञानिकले त्यही चलायमानका कारण हिमालयको उचाई प्रत्येक वर्ष केही मिलिमिटर बढ्ने गरेको जनाएका छन् । वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पबाट ९ हजार मानिसले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया