शनिबार, साउन १६ २०७८
काठमाडौं ०३:०६
वासिङटन डिसी 17:21

नाकाबन्दीले आत्मनिर्भर बन्ने पाठ सिकाएको छ: वरिष्ठ नेता खनाल

इनेप्लिज २०७२ पुष २८ गते १२:५५ मा प्रकाशित

jhalanath-khanalपोखरा, २८ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतको अघोषित नाकाबन्दीले नेपाली जनतालाई आत्मनिर्भर बन्ने पाठ सिकाएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कर्यक्रममा उहाँले सधैँ भारतमाथि निर्भर रहिरहने र बेलाबेलामा नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिने गरेकाले अब यो नाकाबन्दीलाई आर्शिवाद सम्झेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

एमालेका वरिष्ठ नेता खनालले तराईका जिल्लामा शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको बताउँदै मधेसी मोर्चाले उठाउँदै आएका मधेस दुई प्रदेश सम्भव छैन भन्नुभयो ।

उहाँले व्यवस्थापिका–संसद्को दुई तिहाईबाट मात्रै संविधान संशोधन गर्न नसकिने भएकाले यो चाहिन्छ र उ चाहिन्छ भनेर बखेडा नझिक्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।

सरकार जति गतिशील र प्रभावकारी हुनुपर्दथ्यो त्यो हुन नसकेकामा असन्तोष व्यक्त गर्दै उहाँले जटिल चुनौतीको सामना गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया