शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०२:४०
वासिङटन डिसी 16:55

एनआरएन मिचिगन च्याप्टरको निशुल्क स्वास्थ शिबिर सम्पन्न। 

इनेप्लिज २०७२ पुष २८ गते ११:३९ मा प्रकाशित

1

गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन राज्य च्याप्टरले गत जनावरि ९ मा निशुल्क स्वास्थ शिबिर सफलता पुर्बक सम्पन्न गरेको छ । स्थानिय ज्योति एभरेष्ट तेक्वन्दो संघको हलमा सम्पन्न कार्यक्रममा डा राजेश पोखरेलको सम्योजनमा  अन्य १० जना डाक्टरहरु  क्रमश: डा हेम रेग्मि, डा सरोज नेउपाने, डा सिदार्थ यादब, डा धीरज यादब, डा प्रदिप खनाल, डा दिलिप खनाल, डा श्रिस्टि नेउपाने, डा सधिक्षा लोहनि , डा रोशन आचार्य  तथा डा सन्दिप कुवर को सहभगितता थियो। बिहान ९ बजे देखि दिउसो १ : ३० बजेसम्म संचालन भएको कार्यक्रममामा ६२ जनाले  निशुल्क स्वास्थ जाच तथा पारमर्श प्राप्त गर्नु भएको थियो।

कार्यक्रम सफल पार्न आअफ्नो ठाऊ बाट सहयोग गर्नु हुने सम्पुण सङघ सस्था तथा महानुभाबहरुलाई गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन राज्य च्याप्टरले आभार प्रकट गरेको छ।

 

प्रतिक्रिया