बिहीबार, साउन १४ २०७८
काठमाडौं ००:५७
वासिङटन डिसी 15:12

प्रथम नगर स्थरीय फुटबल हुने

इनेप्लिज २०७२ पुष २७ गते १४:३० मा प्रकाशित

12506533_913210312090356_1416475239_n

मोरङको पथरीशनिचरे नपा २ स्थीत बुद्ध युथ क्लबले प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सोमबार पथरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो । नगर स्तरीय फुटबल पौष ३० गते देखि फागुन १३ गते सम्म पञ्चायत उमाविको प्रागङ्गनमा हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा नगरको १५ वडाको टिमहरु सहभागि गराउने आयोजकको दावी गरेको छ । प्रतियोगिताको विजेतालाई १५हजार रुपैया र उपविजेतालाई ८ हजार रुपैया साथमा ट्रफी,मेडल दिने भएको हो । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द सिरीज,उत्कृष्ट खेलाडी,वेस्ट गोलरक्षक,वेस्ट डिफेन्डर,वेस्ट खेलाडी,वेस्ट कोच र उत्कृट खेल अवधि भर ३ गोल कर्ता लाई नगद सहित पुरस्कार प्रदान गरिने आयोजक कमिटिका संयोजक नैना सिंह राईले बताए ।

12512126_759981207466504_716912578_n प्रतियोगिताको विजेताको पुरस्कार कतारमा रहेको पथरीशनिचरेका अनिल चुडाल,सन्जय गुरुङ र कुमार तामाङले र उपविजेताको पुरस्कार पथरी निमार्ण व्यावसायी संघले प्रायोजन गरेको छ । त्यसैगरी विजेताको लागी ट्रफी चिनारी इङ्लिस बोर्डिङ स्कुल पथरी र उपविजेताको लागी ट्रफी सिजंङ्गा सुनचाँदी पसलको प्रोपाइटर भूवनसिङ् लिम्बूले प्रायोजन गर्ने भएको आयोजक कमिटिका सचिव राकेश राईले बताए । खेल सम्पन्न गर्न १ लाख ४० हजार रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । नगर स्तरीय फुटबल प्रतियोगीतामा खर्च गरेर बचेको रकम आगामी हुने तेस्रो पथरी गोल्डकपलाई सहयोग स्वरुप दिइने आयोजकले बताएका छन् ।

12540062_759981210799837_54869398_n

प्रतिक्रिया