मंगलबार, साउन १२ २०७८
काठमाडौं ०४:४३
वासिङटन डिसी 18:58

फाल्गुनन्द गोल्डकप: ताप्लेजुङ सेमिफाइनलमा

इनेप्लिज २०७२ पुष २७ गते १३:३० मा प्रकाशित

DSC04884-800x532

पाँचथर २७ पुस । फिदिममा जारी पूर्वाञ्चलस्तरीय सातौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ताप्लेजुङ जिल्लाको केएसएस टोली प्रवेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेड झापा–११ लाई केएसएसले २–१ गोल अन्तरले पराजित गरेको थियो । झापाका लागि सातौँ मिनेटमा बुद्ध चेम्जोङले एक गोल गरेका थिए । दोस्रो हाफमा भने ताप्लेजुङका पिटर सेगुन र विजय धिमालले एक/एक गोल गरी टोलीको जित सुनिश्चित गरेका थिए । प्रतियोगिताअन्र्तगत मङ्गलबार पहिलो चरणको अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ र सशस्त्र प्रहरी बल एपिएफ पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ लामाले जानकारी दिनुभयो । नेपाल र भारतका गरी आठ टोली सहभागी प्रतियोगिताका विजेताले रु एक लाख ११ हजार १११ र उपविजेताले रु ५५ हजार ५५५ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम खेल आगामी माघ २ गते हुनेछ । रासस

प्रतिक्रिया