आइतबार, साउन १० २०७८
काठमाडौं १४:३८
वासिङटन डिसी 04:53

नाकाको साँचो हामीसँग छ, ११ बुँदे पुरा नभई खोल्दैनौः ठाकुर

इनेप्लिज २०७२ पुष २७ गते १३:२५ मा प्रकाशित

DSC04884-800x532

काठमाडौ, २७ पुष । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले रक्सौल नाकाको साँचो आफुहरुसँग भएकोले ११ बुँदे माग पुरा नभएसम्म त्यो नखुल्ने स्पष्ट पारेका छन ।

उनले भने,‘रक्सौल नाकामा भोटे ताल्चा लगाएका छौ, साँचो हामीसँग छ । हाम्रो माग पुरा नभई हामी खोल्दैनौ । भारतले पनि हामीलाई नाका खोल्नुस भनेर भनेको छैन ।’
अहिलेको समस्याको जड प्रधानमन्त्री केपी ओली भएको भन्दै उनले भारतले स्वागत गरे पनि मधेसमा भने उनलाई प्रवेश निषेध रहेको बताए ।
उनले भने,‘ओली जीलाई भारतले स्वागत गरे गरोस तर मधेसमा उहाँलाई निषेध छ । हामी पस्न दिदैनौ किनकी अहिलेको समस्याको जड पनि उहाँ नै हो ।’
यद्यपि ठाकुरले अहिले सरकार ढाल्ने वा सरकारमा जाने खेलमा आफूहरु नरहेको स्पष्ट पारे । उनले भने,‘ हामी सरकार ढाल्ने वा बनाउने खेलमा छैनौ ।’
उनले कार्यदलसँगको बार्ता बाहिर सकारात्मक भनि प्रचार गरिए पनि केही प्रगति नभएको भन्दै तराईका पाँच जिल्लाको सीमांकन गर्ने गरी कार्य विधीसहित त्यसलाई संसदबाट बैद्यानिकता दिए समयको विषयमा विचार गर्न सकिने बताए ।
जनसंख्याको आधारमा सेना देखि सबै अंगमा समानुपातिक समावेशी हुनु पर्ने, निर्वाचन क्षेत्र निर्धारण गर्दा तराईमा ५१ प्रतिसत निर्वाचन क्षेत्र हुनु पर्नेमा अडान ब्यक्त गरे ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले तराईको भु–भाग एक ईन्च पनि नछाड्ने स्पष्ट पार्दै आफूहरु अखण्ड नेपालकै पक्षमा रहेको बताए ।
उनले भने,‘तराईमा विखण्डनबादीहरु पनि छ । तर हामी नेपालभित्र अधिकार सम्पन्न मधेसको पक्षमा छौ । तर हामीलाई बेवास्ता गर्दै गए विखण्डनकारी हावी हुन सक्छन ।’

प्रतिक्रिया