शनिबार, साउन ९ २०७८
काठमाडौं ०६:४१
वासिङटन डिसी 20:56

भारतसँगको मेरो सम्बन्ध विग्रियो, तपाईहरूले केही गर्न सक्नुभएन : प्रधानमन्त्री

इनेप्लिज २०७२ पुष २७ गते १३:२१ मा प्रकाशित
??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी ओलीले भारतसँग आफ्नो सम्बन्ध विग्रिएकोमा आफ्नो मन्त्रिमण्डलका वरिष्ठ उपप्रधानमन्त्रीहरूसँग गुनासो गर्नुभएको छ । उहाँले भारतसँग आफ्नो पनि व्यक्तिगत सम्बन्ध विग्रिएको भन्दै सुधारका लागि भएका प्रयासहरूले पनि ठोस गति लिन नसकेको भन्दै चिन्ता जनाउनुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटका वरिष्ठ उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजय गच्छदार, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलसँग छिट्टै हुने भनिएको आफ्नो भारत भ्रमण र विग्रिएको सम्बन्धका विषयमा परामर्श गर्नुभएको स्रोतले जनाएको छ । ‘तपाईहरूको भारतसँग राम्रो सम्बन्ध छ भनेर मैले ठूलो आशा लिएको छु’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर अहिलेसम्म नाकाबन्दी पनि खोल्न सकिएन । मेरो व्यक्तिगत समबन्ध पनि विग्रिएको छ । तराईहरूले मेरो औपचारिक भारत भ्रमण मिलाउन सक्नुभएन ।’ जवाफमा उपप्रधानमन्त्रीहरूले यस विषयमा आफूहरू गम्भीर रहेको भन्दै भारतसँग आ-आफ्नो सम्पर्क सुत्रमार्फत औपचारिक भ्रमणको तयारी गर्ने आश्वासन दिएका छन् । ओली सरकारका दुई उपप्रधानमन्त्रीहरू गच्छदार र थापाको भारतसँग राम्रो सम्बन्ध रहेको मानिन्छ । तर उनीहरूले प्रधानमन्त्री ओलीले अपेक्षा गरेअनुसार कुनै पनि काम राम्रोसँग मन लगाएर गर्न नसकेको आरोप छ । उपप्रधानमन्त्रीहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र, ऊर्जा, वाणिज्य, अर्थ मन्त्रालयका सचिवहरुलाई पनि बोलाउनु भएको थियो । उनीहरूसँग ओलीले नेपाल–भारतबीच भएका सन्धी र सम्झौता तथा तिनीहरूको कार्यान्वयनका विषयमा पनि जानकारी माग्नु भएको थियो । परामर्शका क्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरप्रसाद बैरागीले भारतसँग यसअघि भएको सन्धी र सम्झौताहरुका विषयमा जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया