मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:४५
वासिङटन डिसी 14:00

नेजस नर्दन क्यालिफोर्नियाले ल्यायो आफ्नो कार्यक्रम, बालबालिकाको लागी नेपाली पाठशाला संचालन गरिने

इनेप्लिज २०७२ पुष २७ गते १३:०९ मा प्रकाशित

जनवरी १०/सान्फ्रान्सिस्को
नेपाली जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरले आफ्ना आगामी कार्यक्रमहरु तय गरेको छ । च्याप्टरको शनिबार सान्फ्रान्सिस्कोमा बसेको पदाधिकारी बैठकले नेपाल, नेपाली र अमेरिकामा बस्दै आएका नेपाली समुदायको सहयोग र प्रतिष्ठा बढाउने खालका कार्यक्रमहरु तय गरेको हो ।

च्याप्टरका अध्यक्ष पूर्ण शेर्पाको सभापतित्वमा बसेको बैठकले फेब्रुअरि २७ मा प्रजातन्त्र दिबसको अबसर पारेर समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै,बैठकले बे-एरियाका अन्य संस्थाहरुसँग सहकार्य गरेर नारी दिबस मनाउने निर्णय गरेको छ । बैठकले बालबालिकाका लागी नेपाली भाषा, सँस्कृति सिकाउने उदेश्यस्वरुप नर्दन क्यालिफोर्नियाका शहरहरुमा नेपाली पाठशाला कार्यक्रम लागु गर्ने निर्णय गरेको छ । जस अन्तरगत बालबालिकालाइ नेपाली भाषा, संस्कृति, भेषभुषा, चाडपर्वको जानकारी, नाचगान र नेपाली खानाको बारेमा शिक्षण गर्नको लागी नापायण खनालको संयोजकत्वमा भोलिन्टियरको ब्यबस्था गरिने छ ।

नेपाली कांग्रेसको आसन्न महाधिबेसनको विषयमा नेपाली जनसम्पर्क समितिको उल्लेख्य उपस्थितिका लागी विधानमा समाबेश गर्ने गरि सुझाब दिने निर्णय गरिएको छ । राजनीतिमा अपराधीकरण नेपालका लागि ठुलो चुनौतीका रुपमा देखिएको बिष्लेषण गर्दै बैठकले भ्रष्टाचार र अपराधीकरणको विरुद्ध नेपाली काँग्रेस कठोर हुनुपर्नेमा जोड दिएको छ । साथै, कुनै पनि फौजदारी वा भ्रस्टाचारको अपराधमा सर्वोच्चबाट दोषी प्रमाणित ब्यक्ति नेपाली कांग्रेसको महाधिबेशनमा उम्मेदबार बन्न नपाउने विधान बनाउन पनि नेपाली कांग्रेससँग आग्रह गरिएको छ ।

सान्फ्रान्सिस्को बे-एरियामा अपरिहार्य देखिएको कम्युनिटी सेन्टर बनाउने बिषयमा पनि अन्य संघसंस्था सँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरिएको छ, जसको लागी समन्वय समिति, र आर्थिक समिति गठन गरिएको छ । बैठकले रक्तदान कार्यक्रम गर्ने र आगामी दशै सम्ममा जनसम्पर्क समितिको स्मारिका निकाल्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सफल कार्यकालको लागी सल्लाहकार समिति चयन गरेको छ, समितिको सल्लाहकारहरुमा विष्णु शाह, बैकुण्ठ खनाल, विनोद भट्ट, राजन बर्तौला, ज्ञानदिप लामा, चन्द्रकान्त धिताल, प्रतिक पाण्डे, विश्वनाथ भन्डारी, दुर्गा दाहाल, रविन्द्र पाण्डे, दिनेश भट्टराइ, पुर्ण भद्र अर्याल, श्याम सुन्दर पाठक, हेमा पनेरु’नेपाली’, दिपा गुरुङ जोशी, छिरिङ् शेर्पा, नारायण पोख्रेल, उद्धब पौडेल, नारायण सोनामे, दिनेश घिमिरे र तोया दाहाल रहनु भएको छ । त्यसै गरि यज्ञ नेपाल र गोपाल शाहलाइ कानुनी सल्लाहकारमा चयन गरिएको छ ।

यस कार्यकालमा निर्वाचित समितिले चुस्त र जनहितमा काम गर्नको लागी बैठकले विभिन्न आठ वटा विभाग गठन गरेको छ । जसअन्तरगत नारायण खनालको संयोजकत्वमा समन्वय विभाग, तारा बरालको संयोजकत्वमा महिला विभाग, लक्ष्मी केसीको संयोजकत्वमा अनुशासन विभाग, हरि भट्टको संयोजकत्वमा संगठन विभाग, गोमा अधिकारी लिम्बुको संयोजकत्वमा आर्थिक विभाग, विनोद पौडेलको संयोजकत्वमा प्रचार प्रशार विभाग र नबिन बुढाथोकीको संयोजकत्वमा युवा तथा खेलकुद विभाग गठन गरि जिम्मेबारी दिइएको छ ।

प्रतिक्रिया