शनिबार, साउन ९ २०७८
काठमाडौं २०:५६
वासिङटन डिसी 11:11

अमेरिका नेपाल सोसाईटी द्वारा नया बर्ष भेटघाट तथा शुभकामना आदान प्रदान सम्पन्न

इनेप्लिज २०७२ पुष २७ गते १२:५४ मा प्रकाशित

DSC04875

उत्तर अमेरिकाको नेपाली समुदाय को सबै भन्दा जेष्ठ गैर मुनाफा संस्था अमेरिका नेपाल सोसाइटीको आयोजनामा नया बर्ष २०१६ को शुभ उपलक्ष्यमा डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको गेथर्सबर्गमा भेटघाट तथा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ l

DSC04878

उक्त कार्यक्रमका प्रमुख अतिथि अमेरिका का लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले मन्तब्य कै क्रममा नेपाललाई माया गर्ने अमेरिकनहरू तथा नेपाल बाट अमेरिका आएर यहाँ बसोबास गर्ने नेपालीहरुको सेतुको रुपमा अमेरिका नेपाल सोसाईटी रहेको विचार राख्नु भयो l

DSC04842

कार्यक्रमका वक्ताहरुमा सगरमाथा टेलिभिजन युएसए का संस्थापक राम चन्द्र खरेल एएनएसले २० बर्ष देखि कुनै पनि काम नरोकेको बताए भने अर्का वक्ता नेपाली पाठशाला कि अध्यक्ष बिना खड्काले संस्थाको उत्तर उत्तर प्रगतिको कामना दिईन l

DSC04854

कार्यक्रमको सुरुवात संस्थाका संचार संयोजक सुजित अर्यालले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य संस्था कि कोषाधक्ष्य यसोधा भण्डारीले गरेकी थिईन l कार्यक्रमको संचालन प्रेम पौडेलले गरेका थिए  l

DSC04864

शुभकामना आदान प्रदान गर्ने क्रममा मन्तब्य ब्यक्त गर्दै एनआरएन अमेरिकाका निर्देशक सुशील रेग्मीले संस्थाको प्रगतिको कामना गर्दै एन आर एनले गरेको प्रगति बारे जानकारी गराएका थिए l

DSC04869

नेपाल स्पोर्ट्स एंड कल्चर अन्तर्राष्ट्रियकि सभापति सीता पाण्डेले एएनएस संस्थाले सबैलाई समेटेको बताएकी थिईन यस्तै हिमालयन बाप्टिस्ट चर्च गेथार्सबर्गका प्रकाश गुरुङले शुभकामना दिदै एनएन एस संग मिलेर काम गर्ने चाहना राखेको बताए l

DSC04884

मन्तब्य दिने क्रममा नेवाः अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष राम लाल श्रेष्ठ ,एन इ सी सी का अध्यक्ष खिलेन्द्र न्यौपाने ,एनएन एसका पुर्व अध्यक्ष प्रेम संग्रौला ,एनपीपीएका अध्यक्ष सरोज प्रजापति तथा ह्यारी भण्डारीले शुभकामना दिएका थिए l

DSC04900

अमेरिकन जिम फिल्ड्सले नेपाली मा भाषण गर्दै आफु र धर्म पत्नी साथ १९६५ मा नेपाल गएको र १९६६ मा नेपाल बाट अमेरिका आएको बताएका थिए l गत बर्ष ५० बर्षमा नेपाल गएर फर्केको उनले बताएका थिए l अमेरिका सहयोगी समाजको तर्फबाट केदार तिमिल्सिनाले शुभकामना दिएका थिए l

DSC04898

कार्यक्रमको अध्यक्षता जीवन तिवारीले गर्नु को साथै समापन पनि तिवारीले गरेका थिए l

DSC04911

प्रतिक्रिया