कम्बल वितरण

इनेप्लिज २०७२ पुष २६ गते ६:०६ मा प्रकाशित

धुन्चे (रसुवा), २६ पुस । भूकम्पपीडित हिमाली ग्रामीणवासीलाई दाताहरुले न्यानो कम्बल वितरण गरेका छन् ।

लायन्स क्लब मखमली वनस्थली र लायन्स कल्ब बालाजु हाइटको संयुक्त आयोजनामा हाकु गाविस–१ नेसिङ गाउँका २०० घरपरिवारलाई प्रतिपरिवार एक/एक वटा ओड्ने र ओछ्याउनका लागि आफ्नो पहलबाट आज कम्बल वितरण गरिएको लायन्स क्लब मखमलीका अध्यक्ष रानु खाँड अधिकारीले जानकारी दिनुभयो ।

हिमपात परेकै दिन न्यानो कम्बल पाउँदा रात बिताउन अत्यन्तै सहज भएको बताउँदै नेसिङ गाउँका बासिन्दा दावादोर्चे तामाङले लायन्स क्लबको कम्बल सहयोगले स्थानीयवासी अत्यन्तै हर्षित भएको जानकारी दिनुभयो ।

लायन्स क्लब मखमलीले आफ्नो स्रोतबाट र लायन्स क्लब बालाजु हाइटले भने विदेशमा रहेका मुकुन्द पोडैल र दीपक सुवेदीले पठाएको सहयोग रकमबाट कम्बल वितरण गरेको संस्थाका अध्यक्ष कुत्ती सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया