बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:०८
वासिङटन डिसी 16:23

अमेरिका पढ्न जाँदै गरेका २० नेपाली विद्यार्थी एयरपोर्टबाटै फकाईए

इनेप्लिज २०७२ पुष २५ गते २१:२५ मा प्रकाशित

hqdefault

काठमाडौँ, २५ पुस। एतिहाद एयरवेजबाट अमेरिका जाँदै गरेका २० जना विद्यार्थीहरुलाई एयरपोर्टबाटै फर्काइएको छ। अबुधाबी विमानस्थलमा रहेको अमेरिकी अध्यागमनले उनीहरुलाई अमेरिका आउनबाट रोकेको पुष्टि भएको हो । उनीहरुमध्ये कैयनलाई अबुधाबीबाटै डिपोर्ट गरिएको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेका कालोसुचीमा रहेका दुईवटा युनिभर्सिटीमा अध्ययनका लागि आउन लागेका उनीहरुलाई गत मंगलबार अबुधाबीकै विमानस्थलबाट फिर्ता गरिएको हो । उनीहरु क्यालिफोर्नियामा रहेका सिलिकन भ्याली युनिभर्सिटी र नर्थवेष्टर्न पोलिटेक्निक युनिभर्सिटीमा अध्ययनका लागि अमेरिका जाँदै थिए । यसैबीच एतिहाद एयरवेजले विशेष सुचना जारी गर्दै अबुधाबी विमानस्थलमा अमेरिकी अध्यागमनले चेकजाँचका क्रममा भिसा अनियमितता फेला पारेकाले भारतबाट अमेरिकाका लागि जाने विद्यार्थीहरुलाई आफ्नो विमानमा नचढाउने घोषणा गरेको छ ।

प्रतिक्रिया