अमेरिकामा किन लोप्पा खुवाइदैन

इनेप्लिज २०७२ पुष २५ गते १३:४६ मा प्रकाशित

FullSizeRender (5)

अमेरिकामा लोप्पा खुवाउने चलन छैन l अमेरिकी नागरिक यस बारेमा अनबिज्ञ पनि छन् l लोप्पा दुई प्रकारको हुन्छ l पहिलो हात लगाएर निधार देखि चिउड़ो सम्म अर्को मुखले नै हातको ईशाराले चन्द्रमा आकार बनाई खुवाउने लोप्पा l अमेरिकामा लोपार्ने भनेको कुन चराको नाम भनि सोध्द्छन l एक दशकको बसाईमा कहि पनि लोप्पा कसैले कसैलाई लोप्पा खुवाएको देखिएन l

अमेरिकाका नेपाली तथा नेपालमा रहेका नेपालीलाई यो सुन्दा आश्चर्य लाग्न सक्छ l अमेरिकन यस बारेमा चासो पनि देखाउदैनन l नजाने गाउँको बाटो नै नसोध्नु भने झैँ राम्रो कुरा भए पो यस बिषयमा अनुसन्धान गर्नु र खोज गर्नु l

अमेरिकन नागरिकलाई लुतो न कनाई हुन्छ लोप्पा खुवाउने भन्दा l के हो यो भनि उदाहरण स्वरुप उनीहरुलाई लोप्पा भनेको यो हो भनेर लोपार्दा मुद्धा चलाउलान भन्ने अर्को डर l

कहिले देखि लोपार्ने चलन भएको होला भन्ने कुनै ईतिहास नै छैन l हरेक नेपालीले जीवनमा पटक पटक लोप्पा खाएको हुने पर्दछ l तर अहिले विदेशमा जन्मेका दोश्रा पुस्ताकाले लोप्पा न खाएको पनि हुन् सक्छ l तर लोपार्ने चलन भन्दा मौखिक रुपमा थर्काउने ज्यादा चलन छ l

आजभोली लोप्पा खुवाउने बिषय ज्यादा राजनैतिक क्षेत्रमा ज्यादा चलाईन्छ l यो शब्दलाई ज्यादा संचार माध्यमको करामतले निकै प्रचार तथा प्रसारमा आउछ l

खुचिङ्ग भन्दा लोप्पा र लोपार्ने शब्द प्रयोग गर्दा शिर्षक आकर्षित हुन्छ l पाठक वर्ग अलिकति भए पनि लोपार्ने शब्द संग झुम्मिने हुन्छन l भारतले गरेको अघोषित नाकाबन्दीलाई खुलाउन उपप्रधानमन्त्रि तथा परराष्ट्र मन्त्रि कमल थापा भारत भ्रमण गए र फर्के l भारतले उनलाई लोप्पा खुवायो भनि खुब संचार माध्यममा आयो l प्रधान मन्त्रि के पी शर्मा ओली पनि भारत तथा चीन पहिला कुन जाने बिषयमा पत्रिकामा ओलीलाई पनि लोपारिएको जस्तो समाचार सुनियो l

लोपार्ने अस्वाभाविक हुन्छ l लोपार्दा मानिस र लोपारिने बिच ठुलो कलह भै दिन्छ l यो एक प्रकारको अपमान हो l लोपार्ने भनेको निरुत्साहित गर्ने चिज हो l लोप्पा खुवाउदा कोहि पनि ठुलो मान्छे हुदैन l लोप्पा खाने मानिस हिनताग्रस्त पनि हुन् सक्छ l

लोप्पा ,नेपालमा ठुलो मान्छेले सानो मान्छेलाई खुवाउछन l साथीले साथीलाई l बलियोले निर्धोलाई l हट्टा कट्टाले दुब्लो पातलोलाई l दाजुले भाईलाई l आमा बुवाले सन्तानलाई l हाकिमले तल्लो तहकालाई l लोप्पा भौतिक रुपमा भन्दा ज्यादा मौखिक रुपमा नै दिइन्छ l धम्कि द्वारा दिइने गरिन्छ l लोपरी दिउ ! लोप्पा खुवाई दिउ l अनुहार देखि चिउड़ो सम्म खुवाई दिउ भनि अधिकांस धम्की दिइन्छ l लोप्पा खुवाई हाल्ने चाही अलिक कम सम्भावना हुन्छ l

छोरा छोरीलाई निकै लोप्पा खुवाइन्छ l यो शब्द संग खेल्ने चलन आएकोले अब राजनैतिक क्षेत्रमा भिषण प्रयोगमा ल्याईन्छ l एक राजनैतिक दलले अर्को दललाई लोपार्ने काम चलिरहेको हुन्छ l गत केहि महिना अगाडी बिहारमा भएको निर्वाचनमा मोदीको हार भए पछि लालुले भाषण मै हातले ईशारा गरि मोदीलाई लोप्पा खुवाई दिए l पूर्व मुख्य मन्त्रि नितिश कुमारले भाजपालाई लोपारी दिए l

कसैले नसक्ने आँट गरे पछि प्राय लोप्पा खुवाउने गरिन्छ l चन्द्रमा पुग्छु भनि छोराले बाउ संग भन्दा चन्द्रमा जाला जस्तै छस भनि बुवाले लोप्पा खुवाई दिन्छन l भाईले दाजुलाई म लाहुरे हुन्छु भन्दा तै नै लाहुरे हुन्छस भनि भाई लोपारिन्छ l अब पढ़दिन ब्यबसाय गर्छु भन्दा त्यहाँ पनि लोपारिन्छ l फलाना पेशामा जान्छु भन्दा घर परिवार ,साथीभाई,ईष्ट मित्र द्वारा लोप्पा खुवाईन्छ l विश्वास नगरीएको कारण जो कसै पनि लोप्पा को शिकार बन्नु पर्ने हुन्छ l

अमेरिकनले लोप्पा खुवाउन जानेका हुदैनन् l तर नेपाल बाट अमेरिका आएका नेपाली समुदायमा अझ पनि यसको अंश समाप्त भएको छैन l आमा बुवाले लोप्पा बेलाबेलामा खुवाउने गर्छन l तर अमेरिकामा भौतिक रुपमा गर्दा अलिक कानुनी झन्झट बेहोर्नु पर्ने हुनाले बकितम बाट नै लोप्पा खुवाउन चुक्दैनन l

लोपार्ने र लोप्पा खुवाउने दुवै शब्दहरु नकारात्मक हुन् l लोप्पा नराम्रो प्रयोगको लागि मात्र प्रयोग गरिन्छ l होच्याउन हतियारको रुपमा गरिन्छ l नेपालमा जन्मेका सबै नेपालीले लोप्पाको स्वाद चाखेको हुनु पर्दछ l लोप्पा शब्द नै शब्द कोषमा स्थापित भै सकेको छ l हटाउन सकिने भए लोप्पा शब्द नै हटाई दिए पनि हुन्छ l

अब कसैले पनि लोप्पा खानु नपरोस l र कसैले कसैलाई लोपार्ने अवस्था कहिले नआओस l लोप्पालाई अंग्रेजीमा के भनिन्छ भनि सोध र खोज गर्दा अनुत्तरित जवाफ पाए l यहाँ संग यसको शब्द भण्डार छ भने पाईएला कि ? लेख पढेर लेखकले नै लोप्पा खाने हो कि भन्ने भय पनि छ l कलम चलाउनेले टिका टिप्पणी स्वीकार गर्न जान्नु पर्छ भन्ने मान्यतामा आफु भित्र पनि रहेको छ l

……………………………………………अस्तु

प्रतिक्रिया