सोमबार, साउन १८ २०७८
काठमाडौं ०१:४२
वासिङटन डिसी 15:57

गणेशबिक्रम आले: जसले बनाइदिए नेपाली सेनालाई बम डिस्पोजल रोबोट

इनेप्लिज २०७२ पुष २५ गते १२:३३ मा प्रकाशित

Ganesh-Bikram-Singh-Ale-768x407

उनलाई लाग्छ– हामी सबै मान्छे ‘प्याकेज’ लिएर आएका छौं, त्यो अवधिमा हाम्रो आफ्नो केही जिम्वेवारी छ । यूवा अनुसन्धानकर्ता गणेशविक्रम सिंंह आले (२७) लाई लाग्छ ‘मेरो प्याकेज भन्नु नै रोर्वटिक्स हो ।’ जहाँ शून्य (भ्याकुम) हुन्छ, त्यहीँ केही न केही गर्न सकिन्छ । ‘त्यही कारण नेपालमा राम्रो प्लेट फर्म पनि पाएको छु । विदेशमा केही भ्यालू हुँदैंनथ्यो सभ्भवतः । बीचमा पस्नु भन्दा शून्यबाट सुरुवात गर्दा राम्रो हुन्छ । त्यसैले त म नेपालमा अवसरै अवसर देख्छु ।’– उनी सगर्व भन्छन् । २ वर्ष सम्म निरन्तर गरिएको अनुसन्धानबाट उनैले बनाएको वम डिस्पोजल रोबोट नेपाली सेनाले हालै मात्र खरिद गरेको छ, ६ लाख ९५ हजारमा । हुने विरुवाको चिल्लो पात भनेझैं सानैदेखि उनी अनुसन्धान गर्न रुचाउँथे । नौ कक्षामा पढ्दै देखिनै पानी जहाजका साथै विद्युत घण्टी, इलेक्ट्रिक मोटरहरु बनाएका थिए । साथीका बाबाहरुले फालेका सरसामानहरु बटुल्थे । तिनै सामान बटुलेर केही न केही बनाइरहेका हुन्थे । आफ्नो स्कूले जीवन फर्केर हेर्दछन् उनी । कहिलेकाँही वालकुमारीस्थित आफ्नै ल्याबबाट‘ उच्च शिक्षा अध्ययनका लागि आइन्स्टाइन कलेज हुँदै नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारीसम्म पुगे । रोर्बटिक्सका लागि खुट्टकिला नै बन्न पुग्यो, एनसीसिआइटी । यही रहँदा यन्त्र १, यन्त्र २, टेकृति, लोकस लगायतका उपकरणहरु बनाए । त्यही बीचमा ड्रोन बनाइयो र त्यसको परीक्षण गर्नका खातिर अन्नपूर्ण बेस क्याम्पसम्म पुगे । ड्रोन ६५ मिटरको उचाइसम्ममा उडाइयो । कतिपयले भन्थे– यो तेरो कहिल्यै पूरा नहुने सपना मात्र हो । कतिपय साथीहरु मलाई हावा भनेर पनि उडाउँथे । लाग्ला, यो रोबर्ट एकैपटकमा पूरा भएको हो तर त्यसका अगाडि ६/७ वटा असफलताको सामना गर्नुपर्दा उनलाई लाग्थ्यो, अब सिद्धियो, डुव्यो पैसा, गयो लगानी । सधै अनुसन्धानमा लागिरहने उनीसँग राजधानी खाल्डोमा जीउनका लागि विकल्प छ, प्राइभेट स्कूलमा अध्यापन गराउँछन ।

‘त्यही पैसाले चल्दै आएको छु । जसोतसो जीवन धानिएकै छ ।’, भन्छन्– ‘त्यही बीचमा वम डिस्पोजल रोबोट बनाइयो ।’ कहिलेकाँही त लाग्थो ‘हातमा क्यानडा र अमेरिकाको भिसा छ, वुबाआमा र परिवारको खुसीका खातिर पलायन भइदिँऊ उतैतिर । तर अर्काे मनले उठाइसकेको पाइला रोकिदिन्थ्यो । भन्थ्यो मनले सुस्तरी– ‘यहाँ भ्याकुम छ, यही गर्न सकिन्छ धेरै ।’ …जब सेनाले लाखौमा रोबोट किन्यो नेपाल आर्मीसँग भएको बम डिस्पोजल बोक्न ६ जनासम्म मान्छे चाहिन्छ । एउटा गाडी पनि चाहिन्छ । विकसित ठाँउमा जान सकिन्छ तर दुर्गम स्थानमा लैजान सकिँदैन । नेपाली सेनाले चलाउँदै आएको रोबोटको मूल्य १ करोड ६० लाख भन्दा माथिको हो । त्यसमाथि निकै वजनदार थियो । सेनासँग ३२ वटा रोबोट भएको बताइन्छ । त्यसमध्ये हाल सञ्चालनमा रहेको रोबर्टको संख्या ११ वटा मात्र । कारण– अधिकांश विग्रिए । उपकरण बनाउने प्राविधिक जनशक्ति नेपालमा यथेष्ट छैनन् । ती प्राविधिक विदेशबाटै ल्याउनुपर्दछ मंहगोमा । नेपाली सेना आफैं स्वदेशी उपकरण प्रयोग गरी रोबोट बनाउन चाहन्थ्यो । यही बीचमा नेपाली सेनाले रोबोट प्रतिष्पर्धाको आयोजना ग¥यो । २ वर्षका लामो अनुसन्धानबाट तयार भएको रोबोट हो त्यो । त्यसमै अनुसन्धान गर्दाकै समयमा उनको मित्र यज्ञको क्यानडाको भिसा लाग्यो, उनी उता लाग्यो । हामी झन्झटमा प¥र्यौ । क्यानडा जाने कि रोबोट बनाउने ? अथक प्रयास पछाडि रोबोट बन्यो । झण्डै १४ प्रतिष्पर्धीलाई पछि पार्दै उनकै समूहद्वारा बनाइएको बम डिस्पोजल रोबोट प्रथम हुन पुग्यो । र, ६ लाख ९५ हजार रुपैंयामा उक्त रोर्बट सेनाले खरिद गरेसँगै उनको मनमा लागेको छ ‘अव नेपालमै केही गर्न सकिन्छ ।’ १२/१० को सानो कोठामा जहाँ उनी आफ्नो अधिकांश समय अनुसन्धान गर्नमै बिताउँछन् । त्यही कोठामा उनले दैनिक नेपालसँग आफ्नो दुखको पन्तुरो खोले ‘बीचमा विरक्त जस्तो पनि भयो । मेरो सपना थियो नेपाली सेनाको स्थापना दिवसको दिन सैनिक मञ्च टुडिखेलमा बेलायती रोर्वटका सट्टा नेपाली रोबर्ट गुडोस भन्ने । कतिपयले भन्थे– यो तेरो कहिल्यै पूरा नहुने सपना मात्र हो । कतिपय साथीहरु मलाई हावा भनेर पनि उडाउँथे । लाग्ला, यो रोबोट एकैपटकमा पूरा भएको हो तर त्यसका अगाडि ६/७ वटा असफलताको सामना गर्नुपर्दा उनलाई लाग्थ्यो, अब सिद्धियो, डुव्यो पैसा, गयो लगानी । गर्दै जाँदा सेनाका प्राविधिक आएर एकथरी बना भन्ने, मेजर आएर के बनाएको हो यस्तो भन्ने गर्दथे । डेमोको दिन घरमा तीन दिनसम्म बत्ती थिएन । बत्तीका लागि कहाँ कहाँ मात्र दौडिइएन । उहाँहरुसँगै बसेर नियमित काम गर्ने मेरो बिचार थियो । उहाँहरुको पनि कन्सेप्ट छ । तर अन्ततः मेरो जित भयो, मैले बनाएको रोबोट निेपाली सेनाले किनेरै छाड्यो ।’ ‘थाहा छैन, कहाँ छ ? फिल्म हल ’ काठमाडौं आएको लगभग १० वर्ष भया उनी । उनको आफ्नै संसार छ, कहाँ फिल्म हल छ, कहाँ मनोरञ्जन गर्न पाइन्छ यस्को केही हेक्का छैन । उनको ख्यालमा छ– कुन सामान कहाँ किन्न पाइन्छ र त्यस्को मूल्य कति पर्दछ ? कतिसम्म भने एडभान्स सफ्टवेयर बजारमा आएको थाहा पाए भने त्यस्ता सामान विदेशबाटै तुरुन्तै मगाइहाल्छन र त्यसकै अनुसन्धान गर्न थाल्दछन् । रोबर्टिक्स सपना रोबर्टिक्समा उनी नेपालको नाम राख्न चाहन्छन । अमेरिकामा चार महिना पछाडि आयोजना हुने रोवर्टिक्स प्रतिष्पर्धामा जितेरै आउने र नेपालको नाम राख्ने उनको प्रण छ । जहाँ अघिल्लो वर्ष पराजयको सामना गर्नुपरेको थियो । भन्छन्– ‘यसपटक हाम्रो टिम बलियो भएको छ, त्यहाँ पुगेर राष्ट्रिय झण्डा फहराएरै आउने योजना छ ।’ अघिल्लोपटकको प्रतिष्पर्धामा ४० वटा देशले भाग लिएका थिए । १५ एलबीको रोबोट बनाएका ६ केजी भर्सेस ६ केजीको रोबोट भयो । ५० हर्जको इलेक्ट्रिसिटी हाम्रा, उनीहरुको १ सय ५० हर्जको । अमेरिकामा पुगी रोर्वटिक्समा नाम राखेरै छोड्ने छु ।’ उनले आफ्नो अठोट सुनाए ।

Ganesh-Bikram-Singh-Ale-768x407

इखले दिएको जित भनिन्छ नि, इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन । उनी पुल्चोकमा रहेको रोवर्टिक्स क्लवमा जोडिन खोजे । तर उनलाई उपेक्षा गरियो । मनको एउटा कुनामा नराम्रोसँग बिझ्यो त्यो उपेक्षा । उनको सबैभन्दा ठूलो दुश्मन नै रोवर्टिक्स हुन पुग्यो । तर हिजो पुल्चोकको रोवर्टिक्सले गरेको व्यवहारकै कारण ४ वटा प्रतिष्पर्धामा रोवर्टिक्सलाई हराइसकेको छौं । ‘त्यहाँका मान्छेहरु प्रतिष्पर्धा अगाडि नै सोच्छन रे हामी सेकेण्ड चाँहि हुन्छौं । तर हामी कहिल्यै सेकेण्ड हुनु परेको छैन ।’ नेपाली सेनाले गरेको रोवर्टिक्स प्रतिष्पर्धामा समेत उनले रोवर्टिक्स क्लवलाई हराउँदै आफू प्रथम भएका थिए । यही रोवर्टमै उनले १६ स्थानमा विभिन्न पुरस्कारहरु पाइसकेका छन् । नेपाली सेनाले रोवर्टिक्स खरिद नगरेको भए उनले पनि सोचेका थिए ‘अब यहाँ बसेर केही हुनेवाला छैन तर रोवर्टिक्स खरिदसँगै उनमा एक प्रकारको जोश बढेको छ । भन्छन् ‘यो भूँइमा खसेको एउटा पेच, एउटा नट सबैमा पैसा परेको छ । यिनलाई छाडेर म विदेशिन सक्दिन ।’ नेपाल आमाले यस्ता सन्तानहरुलाई पनि जन्म दिएकी छिन्, जो नयाँ नेपालका सच्चा पहरेदार हुन सक्छन् । तर, यस्ता प्रतिभालाई विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, रिकाष्ट जस्ता अनुसन्धानमुलक संस्था र नेपाली सेना, नेपाल प्रहरी जस्ता निकायले बेलैमा चिन्न सक्नु पर्दछ । मातृभूमिलाई सराप्दै यस्ता प्रतिभिा विदेश पलायन हुनु पर्ने अवस्था आयो भने राज्यका लागि यो जस्तो ठूलो दुर्भाग्य अरु केही हुने छैन ।

प्रतिक्रिया