शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०५:५६
वासिङटन डिसी 20:11

न्युयोर्कको संचार माध्यमले महिलाको फोक्सो प्रत्यारोपणका लागि २४ हजार डलर हस्तान्तरण

इनेप्लिज २०७२ पुष २२ गते २३:४८ मा प्रकाशित

ny 3

न्यूयोर्क । सन् २००७ देखि अमेरिकामा प्रकाशित विश्वसन्देश साप्ताहिकले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । विश्वसन्देशले ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अमेरिकामा बसोबास गर्दै आएकी नेपाली मूलकी प्राशा तुलाधरको फोक्सो प्रत्यारोपणका लागि झण्डै दुई सय दाताहरुबाट संकलित रकम र प्रकाशनको तर्फबाट १ हजार १ सय ११ अमेरिकी डलर थप गरी २४ हजार १ सय ७० अमेरिकी डलर बिरामी प्राशा तुलाधरकी आमा शकुन्तला तुलाधरलाई एकमुष्ट हस्तान्तरण गरेको छ ।

सहयोग रकम प्रमुख अतिथि राजदूत डा. कार्की, विश्वसन्देशका व्यवस्थापक रोशन ढुंगाना तथा प्रधानसम्पादक विजय पौडेलले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । स्थानीय ओम शक्ति मन्दिरमा विश्वसन्देशका व्यवस्थापक रोशन ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत नारायणप्रसाद मैनालीलगायत ठूलो संख्यामा स्थानीय संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

ny 2

कार्यक्रममा स्थानीय युवा रविन वज्राचार्य, कान्तिपुरका अमेरिकी प्रतिनिधि दिनेशजंग शाह, स्थानीय नेपाली टेलिभिजन ह्वाइट हिमालकर्मी शैलेश श्रेष्ठ, नेपाल–अमेरिका पत्रकार संघका महासचिव भोला आचार्य, सामाजिक अगुवा रेणु शर्मा सापकोटा, कानून व्यवसायी विनोद रोका, विश्वसन्देशका कानूनी स्तम्भकार तथा कानून व्यवसायी रमेश श्रेष्ठ, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेललगायतका वक्ताहरुले विश्व सन्देश साप्ताहिक ९ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै प्रकाशनले प्राशा तुलाधरको सहयोगका लागि अभियानको नेतृत्व गरेकोमा प्रशंसा गरेका थिए ।

ny 4

कार्यक्रममा नेपाली महावाणिज्य दूत नारायणप्रसाद मैनालीले विश्वसन्देशको सफलताका लागि शुभकामना व्यक्त गर्दै प्रवासमा पत्रकारिताबारे चर्चा गरेका थिए । प्रमुख अतिथि राजदूत डा. अर्जुनकुमार कार्कीले केक काट्दै उद्घाटन गरिएको कार्यक्रममा विश्वसन्देश साप्ताहिकले प्रवासमा हप्तैपिच्छे पत्रिका प्रकाशन गरेर नेपाली भाषा, साहित्य र सूचनामा दिएको योगदानको प्रशंसा गरेका थिए । साथै, राजदूत डा. कार्कीले फोक्सो प्रत्यारोपणको प्रतीक्षामा रहेकी नेपाली मूलकी प्राशा तुलाधरका लागि विश्व सन्देश साप्ताहिकले सहयोग जुटाउन खेलेको भूमिका प्रवासमा उदाहरणीय भएको बताए ।

गत जनवरी ३ तारिख आइतबार सम्पन्न वार्षिकोत्सवमा विश्वसन्देशका प्रधानसम्पादक विजय पौडेलले प्रवासमा सामुदायिक पत्रकारिताका दुःखसुख र आरोह–अवरोहका बारेमा चर्चा गरेका थिए । उनले प्राशा तुलाधरको सहयोग संकलन अभियानका बारेमा प्रकाश पार्दै दाताहरुबाट संकलित रकममा विश्वसन्देश साप्ताहिकका तर्फबाट १ हजार १ सय ११ अमेरिकी डलर थप्ने घोषणा गरेका थिए ।

ny 1

कार्यक्रममा कोलम्बिया अस्पतालमा उपचारार्थ प्राशा तुलाधरलाई स्काइप प्रविधिमार्फत प्रोजेक्टरमा जोडिएको थियो । साथै, विश्वसन्देशको परोपकारी पत्रकारिताको विगत र प्राशा तुलाधर अभियानलाई समेट्दै आइलाइन क्रियशनसम्बद्ध प्रशान एलुङ राईद्वारा तयार पारिएको ५ मिनेटको श्रव्यदृश्य सामग्री प्रशारण गरिएको थियो ।

साथै, विश्वसन्देशले आठ वर्ष पार गरेको अवसरमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, पूर्वप्रधानमन्त्री एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलगायतले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

संकलन गरी हस्तान्तरण गरिएको नाम र रकमको विवरण

नाम ठेगाना रकम (युएस डलरमा)
इष्ट वेष्ट हलिङ इन्क (रेणु शर्मा सापकोटा) न्यूजर्सी २०००
मिचिगनबासी नेपाली मिचिगन १८५०
ग्याल्जेन शेर्पा (रेष्टुरेन्ट व्यवसायी) वेष्टचेष्टर ११११
विश्व सन्देश साप्ताहिक न्यूयोर्क ११११
इजरायलमा कार्यरत नेपाली (कादम्बरी दाना श्रेष्ठको संयोजकत्वमा) इजरायल १०५०
रमेशकुमार श्रेष्ठ, श्रेष्ठ ल फर्म न्यूयोर्क १००१
एसी शेर्पा, गैरआवासीय संघ अमेरिका, डीआरसी सियाटल १०००
हरिबोल भण्डारी टेक्सास १०००
न्यूयोर्क प्रेसबेटेरियन चर्च (नेपाली मण्डली) लङआइल्याण्ड सिटी १०००
नेवाः नखः न्यूयोर्क ९००
नामग्याल लामा, लामा एकाउन्टिङ न्यूयोर्क ३०५
वेदप्रसाद खरेल न्यूयोर्क ३०१
प्रज्ज्वल तथा निलिमा प्रधान लङ आइल्याण्ड २००
दिवाकर महर्जन, युएस वेष्टकोष्ट तेक्वान्दो एसोसिएसन पोर्टल्याण्ड २००
ममता कर्माचार्य बोष्टन २००
बाबुराम बस्नेत न्यूयोर्क १६१
श्रीप्रसाद पराजुली न्यूयोर्क १५१
मुरली अधिकारी टेक्सास १५१
टीकाराम पराजुली न्यूयोर्क १५१
शिव बानियाँ लङ आइल्याण्ड १५०
मनोज मास्के न्यूयोर्क १५०
हेबेन्लीपथ, युएसए अमेरिका १४०
राधिका तथा इन्द्र तामाङ न्यूयोर्क १२५
प्रभू मनी ट्रान्सफरका कर्मचारीहरु न्यूयोर्क १२३
चन्दा थापा (कानून व्यवसायी) न्यूयोर्क १२१
रेमलाल गैरे न्यूयोर्क ११५
प्रभाकर राई न्यूयोर्क १११
दीप कट्टेल – १०५
पुरस्कार न्यौपाने न्यूयोर्क १०५
मोहन ज्ञवाली न्यूयोर्क १०१
विजया सिंह न्यूयोर्क १०१
कमल सापकोटा टेक्सास १०१
भरत अर्याल टेक्सास १०१
केदार तिमल्सिना टेक्सास १०१
कृष्ण लामिछाने टेक्सास १०१
विकास चालिसे बोष्टन १०१
विष्णु तथा शर्मिला फुयाल इलिनोइस १०१
सुर्जलक्ष्मी श्रेष्ठ न्यूयोर्क १०१
सुदर्शन थापा क्षेत्री न्युजर्सी १०१
पद्मा लिंखा तथा दुर्लभ मगर न्यूयोर्क १०१
ओमप्रसाद ढोडारी न्यूयोर्क १०१
कृष्ण खनाल न्यू हेम्सपियर १०१
ऋषि ढकाल क्यालिफोर्निया १०१
जनक भण्डारी न्यूयोर्क १०१
संगीता लम्साल शिवाकोटी क्यालिफोर्निया १०१
देव श्रेष्ठ न्यूयोर्क १०१
श्यामकाजी गुरुङ न्यूयोर्क १०१
रोसन गुरुङ न्यू हेम्सपियर १०१
रविकिरण कोइराला, अध्यक्ष रिजउड नेप्लिज सोसाइटी न्यूयोर्क १०१
विष्णु दाहाल तथा परिवार न्यूयोर्क १०१
शैलेश आचार्य – १०१
सिर्जना मल्ल न्यूयोर्क १०१
हरिशचन्द्र हमाल न्यूयोर्क १०१
दिनेशजंग शाह न्यूयोर्क १०१
अनिल रोक्का न्यूयोर्क १०१
अमृत चालिसे न्यूयोर्क १०१
उर्गेन शेर्पा न्यूयोर्क १०१
सूर्य लम्साल न्यूयोर्क १०१
जीकेबी ग्लोब इन्क – १०१
रविना थापा मेरिल्याण्ड १०१
प्रज्ज्वल, सगुन न्यूयोर्क १०१
विनोद रोका न्यूयोर्क १०१
विश्व तथा शान्ति केसी न्यूयोर्क १०१
सानुकुमारी लामा न्यूयोर्क १०१
विनोदराज गिरी तथा सीता गिरी – १०१
प्रज्ज्वल राणा न्यूयोर्क १०१
अरबिन पौडेल न्यूयोर्क १०१
रजनीबाबा कारञ्जित न्यूयोर्क १००
धर्म भट्टराई मिचिगन १००
मेख गुरुङ न्यूयोर्क १००
पासाङ स्ट्राइकिङ स्टाइल न्यूयोर्क १००
पर्शु ढकाल न्यूयोर्क १००
शशाङ लामा न्यूयोर्क १००
पासाङ, शान्ति गुरुङ, ज्ञानेन्द्र न्यूयोर्क ७१
पुण्डरी अर्याल न्यूयोर्क ६५
दीपेन्द्र ढकाल न्यूयोर्क ५५
विष्णुमाया परियार तथा प्रदीप थापा न्यूजर्सी ५५
बलराम पौडेल टेक्सास ५२
विनोद थापा लङ आइल्याण्ड ५१
आङछिरिङ शेर्पा, एभरेष्ट टाइम्स पाक्षिक न्यूयोर्क ५१
मोना शर्मा न्यूयोर्क ५१
प्रभात सापकोटा न्यूयोर्क ५१
शैलेश पोखरेल, बीआरटी नेपाल अनलाइन कोलोराडो ५१
एट्ना कार्की न्यूयोर्क ५१
करसङ शेर्पा न्यूयोर्क ५१
विदुर खड्का कोलोराडो ५१
सुनीता न्यौपाने न्यूयोर्क ५१
शेखर पौडेल न्यूजर्सी ५१
शकुन्तला ज्ञवाली न्यूयोर्क ५१
रामचन्द्र रेग्मी कनेक्टिकट ५१
भोला आचार्य न्यूयोर्क ५१
टेकबहादुर कार्की न्यूयोर्क ५१
हंश खड्का न्यूयोर्क ५१
राज श्रेष्ठ कनेक्टिकट ५१
श्याम कार्की न्यूजर्सी ५१
अञ्जन चौलागाईं न्यूयोर्क ५१
हरिनारायण सापकोटा (रिजउड नेप्लिज सोसाइटी) न्यूयोर्क ५१
बुद्ध चेम्जोङ न्यूयोर्क ५१
मनोज खनाल न्यूजर्सी ५१
मन्ना आचार्य बाल्टिमोर ५१
सबिला राना न्यूयोर्क ५१
योगेश आदी न्यूयोर्क ५१
विष्णु सुवेदी न्यूयोर्क ५१
ऋषि अधिकारी न्यूयोर्क ५१
भरत लामा न्यूयोर्क ५१
सूर्य तामाङ न्यूयोर्क ५१
मुनेन्द्र नेम्वाङ न्यूयोर्क ५१
अमर तामाङ न्यूयोर्क ५१
सुवास लामा न्यूयोर्क ५१
आङछिरी शेर्पा न्यूयोर्क ५१
विश्व शाह न्यूयोर्क ५१
परीता राजभण्डारी न्यूयोर्क ५१
विकास विष्ट न्यूयोर्क ५१
मनु लोहरुङ राई न्यूयोर्क ५१
विराज रिजाल न्यूयोर्क ५१
प्रवासी नेपाली एकता समाज अमेरिका ५१
अनुरागी अरुण न्यूयोर्क ५१
हरि अधिकारी न्यूयोर्क ५१
देवेन्द्र भण्डारी मेरिल्याण्ड ५१
बसन्ती राई श्रेष्ठ न्यूयोर्क ५१
होमनाथ गौतम लङआइल्याण्ड ५१
दुर्गेश कार्की लङआइल्याण्ड ५१
शान्ता घिमिरे न्यूजर्सी ५१
प्रताप बस्नेत न्यूयोर्क ५१
वंशलाल तामाङ न्यूयोर्क ५१
हेमो ओझा न्यूयोर्क ५१
राजु रुम्बा न्यूयोर्क ५१
छिरिङ दोर्जे शेर्पा न्यूयोर्क ५१
उत्तरा घिमिरे ओहायो ५०
गुणराज लुइँटेल भर्जिनिया ५०
रश्मी भट्ट न्यूयोर्क ५०
सचिन राई न्यू हेम्सपियर ५०
भगवती कोइराला न्यूयोर्क ५०
ब्रजेश लामा न्यूयोर्क ५०
आनन्द विष्ट न्यूयोर्क ५०
बन्दना अर्याल न्यूयोर्क ५०
टकबहादुर रुवाली न्यूयोर्क ५०
अर्पणा कारञ्जित न्यूयोर्क ५०
सविन कर्माचार्य न्यूयोर्क ५०
श्याम कार्की न्यूयोर्क ५०
कल्पना खड्का न्यूयोर्क ४१
पवन योञ्जन न्यूयोर्क ४१
गम्बु शेर्पा न्यूयोर्क ४१
राज रिमाल न्यूयोर्क ४१
जनक पराजुली न्यूयोर्क ४१
विष्णुप्रसाद बस्याल न्यूयोर्क ४१
जितेन्द्र ढकाल न्यूयोर्क ४१
विनोद रुवाली न्यूयोर्क ४०
रीता केसी न्यूयोर्क ३१
सुजन रायमाझी न्यूयोर्क ३१
विष्णुहरि घिमिरे न्यूयोर्क ३१
रेशम रायमाझी न्यूयोर्क ३१
रामहरि अधिकारी न्यूयोर्क ३१
महेश मल्ल न्यूयोर्क ३१
ओम कर्माचार्य न्यूयोर्क ३१
अर्जुन मैनाली (रक्तदाता) लङ आइल्याण्ड ३०
पेमा शेर्पा न्यूजर्सी ३०
पासाङ शेर्पा न्यूयोर्क ३०
टासी शेर्पा सियाटल ३०
बन्धु पोखरेल न्यूयोर्क २६
विश्व बास्तोला लङ आइल्याण्ड २५
चन्द्र सुवेदी लङआइल्याण्ड २५
सोनाम तामाङ न्यूयोर्क २५
शारदा क्षेत्री न्यूयोर्क २५
लाक्पा शेर्पा न्यूयोर्क २५
दीपक पन्त लङ आइल्याण्ड २१
प्रेम क्षेत्री न्यूयोर्क २१
भूपेन्द्र थापा न्यूयोर्क २१
दुर्गा खत्री पौडेल न्यूयोर्क २१
छेवाङ लामा न्यूयोर्क २१
केलु लामा न्यूयोर्क २१
क्रिस थापा न्यूयोर्क २१
शिशिर निरौला न्यूयोर्क २१
दीपेन्द्र पुरी न्यूयोर्क २०
वीरेन्द्र मानन्धर न्यूयोर्क २०
अनिता तामाङ न्यूयोर्क २०
उमा आचार्य न्यूयोर्क २०
कन्चोक छिरिङ शेर्पा न्यूयोर्क २०
बरालजी न्यूयोर्क ११
निष्काक्ष कार्की लङआइल्याण्ड ११

(नोटः सूचीमा सबै दाताहरुको नाम, ठेगाना र सहयोग रकम अटाउने प्रयास गरिएको छ । प्राविधिक भूलवश छुटेको हुन सक्छ, त्यसका लागि क्षमाप्रार्थी छौं ।)

– See more at: http://enepalese.com/2016/01/61494.html#sthash.sytQ1lFo.dpuf

प्रतिक्रिया