राजेश हमाल पनि ठग युवतीको फन्दामा परेको खुलासा

इनेप्लिज २०७२ पुष २२ गते २२:०१ मा प्रकाशित

DSC03260-800x532-300x200

काठमाडौँ, २२ पुस । कहिले आफुलाई डाक्टर त कहिले डिआईजीको छोरी भन्दै ५० भन्दा धेरैलाई ठग्दै आएकी एक युवतीको नायक राजेश हमालसँग समेत संगत देखिएको छ । आइतबार पक्राउ परेकी भगवती केसीको हमालसँग समेत चिनजान देखिएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । आफु्लाई डा.सुहाना केसीको रुपमा परिचय दिई चिकित्सक तथा धनाढ्यहरुसँग नजिकिएर उनले ठगी गर्दै आएकी थिइन् । उनले फेसबुकमा राजेश हमालसँग खिचेका पोज पोजका तस्वीर हालेका छन् । हमाललाई पनि उनले ठगी गरेको हुनसक्ने प्रहरी आशंका छ । त्यसविषयमा अनुसन्धान अघि बढाइएको छ । सुरुमा पोखरालाई आधार बनाएर ठगी गर्दै आएकी उनले पछिल्लो समय काठमाडौंमा ठगी गर्दै आएकी थिइन् । प्रहरीले छानबिन थालेपछि भागेकी उनलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो । उनीबाट पीडित २०/२५ जना सम्पर्कमा आइसकेको र पीडितहरु धेरै हुनसक्ने अपराध महाशाखाका डिएसपी रमेश थापाले बताए । बिहे गर्ने भन्दै चिकित्सकहरुसँग नजिकिने र केही समय सँगै बसेपछि धनमाल लिएर सम्पर्क विहित भई उनले ठगी गर्दै आएकी थिइन् । गुल्मीको हस्तिचौर स्थायी घर भएकी २३ वर्षिया केसीले आफुलाई डा.सुहाना, अदिती, सृष्टि केसी जस्ता नामले चिनाउदै आएकी थिइन् । विगत २ वर्षदेखि ठगीमा संलग्न उनले ११ वटा मोबाइल नम्बर प्रयोग गरेकी थिइन् । उनको अध्ययन भने प्लस टुसम्मको मात्र रहेको प्रहरीले जनाएको छ । पोखराका होटल र स्टोरहरुबाट आफुलाई डिआईजी सनत केसीको छोरी हुँ भन्दै धम्काएर पैसा नतिर्ने गरेको समेत खुलेको छ । डिआईजी बनाएर एक केटा साथीलाई फोन गर्न लगाई नाटक गरेकी थिइन् । केहीसँग फेसबुक तथा भाइबरमार्फत चिनजान गरेर उनी नजिकिने गरेकी थिइन् । पोखराको फेवा अस्पतालमा केही समय त उनले काम समेत गरेको खुलेको छ । तर आफ्नो वास्तविकता खुलेपछि उनी गत बैशाखमा काठमाडौं आएकी थिइन् । काठमाडौंमा पनि शिक्षण अस्पतालका डाक्टरहरुसँग सम्बन्ध राखी ठगी गरेकोमा प्रहरीमा उजुरी परेको छ । पोखराको गण्डकी र मणिपाल अस्पतालका चिकित्सक उनीबाट पीडित रहेको अपराध महाशाखाका इन्सपेक्टर गोविन्द पन्थीले बताए । प्रेमको नाटक गरी सँगै बसेर उनले ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । केही भिआईपी व्यक्तिहरु समेत उनीबाट ठगीएको स्रोत बताउछ । पोखराको होटल पाण्डामा गई बसेर पैसा तिर्ने बेला आफ्नो बुबा डिआईजी भएको भन्दै एक व्यक्तिलाई डिआईजी बनाएर फोन गर्न लगाएकी थिइन् । एक छिनका लागि भनेर उनले होटल साउका छोराको मोटरसाइकल समेत लिएर भागेको उजुरी प्रहरीमा परेको छ । गत २६ असोजमा एक चिकित्सकसँग जर्बजस्ती वैवाहिक सम्बन्ध राख्न खोज्दा विवाद भई एक दिन ललितपुरको सातदोबाटो वृत्तमा थुनामा समेत परेकी थिइन् । त्यस्तै पोखराको गण्डकी दोहोरीका कलाकार राजेश गुरुङको मोबाइल लिएर एकपटक फरार भएकी थिइन् ।

प्रतिक्रिया