कार्ययोजना बनाएर काम गर्छु: मन्त्री बोहरा

इनेप्लिज २०७२ पुष २० गते १:३३ मा प्रकाशित

dipak-bohoraलुम्बिनी (रुपन्देही), २० पुस । श्रम तथा रोजगार र वाणिज्य मन्त्री दीपक बोहराले आफूले सम्हालेका मन्त्रालयले जनतालाई अनुभूति हुने गरी के के गर्न सकिन्छ भन्ने कार्ययोजना बनाएर काम गर्न थालेको बताउनुभएको छ ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवामा हिजो आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री बोहराले आफूले सम्हालेका मन्त्रालयको सय दिने कार्ययोजना केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको उल्लेख गर्नु भयो ।

उहाँले नाकाबन्दी, बन्द हडताल जस्तो असाधारण स्थितिमा पनि यो सरकारले उल्लेखनीय काम गरेको दाबी गर्नु भयो ।
मन्त्री बोहराले मान्छे झुक्काएर विदेश पठाउने म्यानपावर कम्पनीलाई तत्काल कारबाही गर्ने र कैयौँ मुलुकसँग नभएको श्रम सम्झौता केही दिनमै गर्ने तयारी भइरहेको बताउनु भयो ।

प्रतिक्रिया