कांग्रेसको १३ औँ महाधिवेशनः यूरोपबाट केन्द्रीय सदस्य बनाउन माग

इनेप्लिज २०७२ पुष १९ गते २१:४५ मा प्रकाशित

image

पौष १९ लण्डन । जनसम्पर्क समिति बेलायतको आयोजनामा आईतबार अल्डरसटमा युरोपस्थित नेपाली जनसम्पर्क समितिहरुका अध्यक्ष लगायत पदाधिकारीहरुको ठुलो संख्यामा उपस्थित भई राष्ट्रिय एकता तथा मेलमिलाप दिवश भव्य रुपमा सम्पन्न गरिएको छ । जनसम्पर्क समिति बेलायतका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा महामंत्रि राजकुमार त्रिपाठी र शिव तिमिल्सिनाले औपचारिक रुपमा कार्यक्रम सुरुवात गरिएको थियो । प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री ,विशेष अतिथी दिल गुरुङ ,अध्यक्ष लोक गुरुङ र सुनसरी तरुण दल अध्यक्ष सिजन गुरुङले सयुत रुपमा पानसमा दीप प्रज्वलन गरि राष्ट्रिय धुनबाट उद्घाटन गरिएको कार्यक्रमलाई समितिका प्रवतmा प्रवेश केसीले स्वागत मन्तव्य दिएका थिए ।

image (3)युरोप एघार राज्यका जनसम्पर्क समिति युरोपका सभापति दिल गुरुङ, जनसम्पर्क समिति बेल्जियमका संस्थापक सभापति धुब्रराज पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति सन्तोष जोशी,नेपाल तरुण दलका पुर्व केन्द्रित सदस्य तथा महिला नेत्री सिता सापकोटा,सल्लाहकार गोविन्द सुबेदी, पोर्चुगल जनसम्पर्क समितिका संस्थापक सभापति पूर्ण हमाल, जनसम्पर्क समिति नेदरल्याण्डका संस्थापक सदस्य हरि पौडेल,आयरल्याण्डबाट सभापति सुक्रराज न्युपाने,कमिटिका सदस्य नवराज कोइराला र गणेश प्रासाई ,जनसम्पर्क समिति जर्मनका कोषध्यक्ष विनय गुरुङ, डेनमार्कबाट सोम सापकोटा,एनआरएन वेलायतको उपाध्यक्ष मास्टर राष्ट राई, हिराधन राई, कुमारी गुरुग,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,राजनितिक पार्टिका प्रतिनिधिहरु, पत्रकारहरु कार्यक्रममा बाक्लो उपस्थित रहेको कार्यक्रम समितिका उपसभापति युवराज गुरुङ र राजकुमार त्रिपाठीले संयोजन गरेका थिए । उक्त कार्यक्रममा तस्बिर लामा,डा मिन राणा भाट,सुर्य तामाङ,संघिय समाजबादका प्रतिनिधि कमल गुरुङ,विविसी नेपाली सेवाका खगेन्द्र नेपाली,रोशन सापकोटा,नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरण शर्मा,एनआरएन आइसीसी सदस्य योगेन क्षेत्री,जनसम्पर्क समितिका सल्लाहकार शिवजी श्रेष्ठ,सल्लाहकार विश्व आर्दश पण्डित,एनआरएन युरोप संयोजक कुल आर्चय,सुनसरी तरुण दलका अध्यक्ष सिजन गुरुङ,जनसमर्पक समिति युरोप संयोजक दिल गुरुङ, प्रमुख अतिथि क्षेत्रीले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

 आगामी फागुनमा कांग्रेसको १३ औ महाधिवेशन हुँदै छ । जसबाट नयाँ कार्य समिति चयन हुनेछ । यूरोपमा रहेका नेपाली कांग्रेस निकट नेपालीहरुको सँस्था ‘नेपाली जनसम्पर्क समितिले आगामी महाधिवेशनमा यूरोपबाट एक जना केन्द्रीय सदस्य मनोनित गराउन आग्रह गरेको छ । बेलायतको अल्डरशटमा भएको जनसम्पर्क समितिको भेलाले उक्त माग गरिएको छ । समितिका महामन्त्री राजकुमार त्रिवाठीका अनुसार सो कार्यक्रममा यूरोपका विभिन्न देशबाट भेला भएका प्रतिनिधिहरुले पार्टीलाई आगामी महाधिवेशनमा यूरोपबाट पनि केन्द्रीय सदस्य रहने प्रावधान बनाउन आग्रह गरेका छन् । नयाँ वर्ष तथा ‘राष्ट्रिय मेलमिलाप दिवसको अबसरमा आयोजना गरिएको कार्यक्रममा जर्मन, डेनमार्क, पोर्चुगल, अमेरिका, नेदरल्याण्ड र आयरल्याण्डस्थित जनसम्पर्क समितिका प्रतिनिधिहरु साथै सुनसरी तरुण दलका सभापति सिजन गुरुङ ,फोटो पत्रकार पवन राई (रसुट) , ड्रागन व्याइजका अध्यक्ष प्रेम गाह समेतको उपस्थिती थियो । नेपालबाट सहभागी हुनु भएका युवा नेता गुरुगलाई आफ्नो धारणा केन्द्रीय कार्यसमिति समक्छ पुर्याई दिन आग्रह गर्दै वक्ताहरुले पार्टीले प्रवाशमा रहेर सहयोग गर्ने सदस्यहरुको पनि उचित मूल्याङ्कन गर्नुपर्ने बताएका थिए । स्मरण रहोस् स्वगिय प्रणेता नेता बि.पी. कोइराला राजनीतिक संघर्षको क्रममा लामो समय छिमेकी राष्ट्र भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले मेलमिपाल दिवस मनाउदै आएका छन् । तत्कालीन पञ्चायती ब्यवस्थाले आफूविरुद्ध लगाएका विभिन्न मुद्दाहरुको प्रबाह नगरी राष्ट्रिय शक्ति र प्रजातान्त्रिक शक्तिसँग एकता र मेलमिलापको माध्यमद्धारा देशको स्वाभिमान बचाउने उदघोषका साथ वीपी स्वदेश फर्किएका थिए । नेपालमा प्रजातान्त्रिक ब्यवस्था ल्याउन विदेशी भुमीमा बसेर संघर्ष गर्नुभन्दा आफ्नै देशमा मेलमिलाप गर्नुपर्ने उनको मान्यता थियो । प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता वीपी स्वदेश फर्किएपछि भएका बिभिन्न आन्दोलन र २०३७ सालको जनमत संग्रहले देशमा राजनीतिक परिवर्तनको लागि बाटो सहज बनाएको बताउने गरिन्छ । बर्तमान देशको राजनीतिक पारीबेशमा वीपीले अघि सारेको एकता र मेलमिलापको नीति अहिले अत्तन्तै आवश्यक भएको महसुस गरिएको छ ।

image (1)

प्रतिक्रिया