शुक्रबार, साउन ८ २०७८
काठमाडौं २१:०६
वासिङटन डिसी 11:21

आतङ्कवादी गतिविधिमा संलग्न सतचालिस जनालाई मृत्युदण्ड

इनेप्लिज २०७२ पुष १९ गते १:३७ मा प्रकाशित

Death-Paniltyरियाद (साउदी अरब), १९ पुस । साउदी अरबले विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न भएको भन्दै शनिबार ४७ जनालाई फाँसीको सजाय सुनाएको छ ।

फाँसी दिइएकामध्ये साउदी अरबमा थुनामा रहेका अलकायदा लडाकू तथा एक इस्लामिक सिया समूहका नेता पनि रहेको बताइएको छ । उनीहरुलाई सरकारको विरुद्धमा प्रदर्शन गरी हिंसा भड्काउन खोजेको आरोपमा पक्राउ गरिएको थियो ।

सिया समूह आवद्ध इस्लामिक नेता निमर–अल–निभरको फाँसीको विषयलाई लिएर साउदीस्थित अल्पसङ्ख्यक सिया समुदाय तथा सरकारबीच तनाब बढ्ने आशङ्का गरिएको छ ।

यसैबीच अलकायदाका लडाकूलाई विभिन्न विस्फोटन तथा बन्दुक आक्रमणको आरोपमा नियन्त्रणमा लिइएको र उनीहरुलाई फाँसीको सजायलाई लिएर सन् २०१५ को डिसेम्बरमा अलकायदाले साउदी अरबमाथि बदला लिने जनाएको थियो ।

यमनमा रहेको उक्त अतिवादी समूहले यदि आफ्ना लडाकूलाई फाँसी दिइएमा अलकायदाले साउदी अरबको सेनासँग बदला लिने घोषणा गरेको थियो ।

यसैबीच साउदी अरबका उच्च धार्मिक नेता मुफ्ती सेख अबदुल्लाजिजले फाँसीको सजाय इस्लामिक कानुन अनुसार तथा मुलुकको सुरक्षाका लागि सुनाइएको बताएका छन् ।

फाँसीले साउदी अरबमा खराब गतिविधि हुन नदिन मुलुकमा भद्रगोल अवस्थामा जानबाट बचाउनका लागि उनीहरुविरद्धको सजाय जायज रहेको बताउनुभयो ।

प्रतिक्रिया