शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:४१
वासिङटन डिसी 03:56

भारतीय हवाई अखडामा आतंकवाद परास्तः प्रधानमन्त्री मोदी

इनेप्लिज २०७२ पुष १९ गते १:३५ मा प्रकाशित

narendra-modiनयाँ दिल्ली (भारत), १९ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मानवता विरोधी गतिविधि मौलाउन नसक्ने जनाउनुभएको छ ।

प्रधानमन्त्री मोदीले शनिबार साँझ ट्वीट गर्दै भन्नुभएको छ, पाठनकोटस्थित एमआईजी–२१–बिसन तथा एमआई–३५ हेलिकोप्टरको मुख्य हवाई अखडामा आक्रमण गर्न खोज्ने आतंककारीलाई भारतीय सुरक्षाकर्मीले पराजित गरेको बताउनुभएको हो ।

एक हतियारधारी समूहले शनिबार बिहानै पाठनकोटस्थित एमआईजी–२१–बिसन तथा एमआई–३५ हेलिकोप्टरको हवाई कार्यालयमा आक्रमण गर्न खोजेपछि चारजना को निधन भएको थियो ।

यो भारतीय सुरक्षाकर्मीको पाकिस्तानी सीमाबाट करीब ५० किलोमिटर टाढा रहेको वायु सेनाको कार्यालयमा शनिबार एक हतियारधारी समूहले गरेको आक्रमणको प्रतिबाद गर्ने क्रममा दुई वायुसेनाका कर्मचारी सहीत चार जनाको निधन भएको हो ।

चौधघण्टा लामो झडपपछि आक्रमणमा संलग्न पाँचैजना आतंककारीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया