मेलम्ची, १९ पुस । भूकम्पपीडित दलित बस्तीमा निजामती महिला कर्मचारी सङ्घ र सिङ्गापुरमा रहेका नेपाली डा निखिल गौतमलगायतका दाताहरुको आर्थिक सहयोगमा शनिबार राहत वितरण गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका १ र २ का ८० घरपरिवारलाई प्रतिघर एक–एकवटाका दरले ८० थान कम्बल वितरण गरिएको सङ्घकी अध्यक्ष अञ्जना सुवेदीले बताउनुभयो ।
त्यसैगरी उक्त नगरपालिकाका अन्य १४ घरपरिवारलाई पनि जाडोका लागि न्यानो कपडा, ज्याकेट, गलबन्दी, टोपी वितरण गरिएको थियो ।
कपडा वितरणपश्चात् दलित बस्तीका बासिन्दाले चिसोको समयमा ठूलो राहत पुगेको भन्दै उक्त संस्थालाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया