शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:३२
वासिङटन डिसी 03:47

खबरहरुको माला लिएर आयोः खबरमाला डटकम

इनेप्लिज २०७२ पुष १८ गते २:२८ मा प्रकाशित

प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापना हुँदा नेपालमा सञ्चार जगतको अधिक विकास हुँदै आयो । कलिलो गणतन्त्रका कारण होला मुलुकमा राजनीतिक अस्थिरता कायमै छ । सञ्चार माध्यमहरुको विकासले राजनीतिक रुपमा पहरेदारी गर्न थाले पनि राजनीतिज्ञहरुमा अझै खबरदारी पुगेको अनुभव जनताले गर्न पाएका छैनन । त्यसैले होला दण्डहिनता बढी रहेको छ । यी सबैलाई खबरदारी गर्नुपर्ने भएकाले होला पत्रकारिता विश्वमा नै चुनौतिपुर्ण पेशाका रुपमा मानिएको छ ।

सन् २०१५ सकिएर २०१६ शुरु भएको छ । यहि शुभ दिनकै अबसरमा खबरहरुको माला अर्थात खबरमाला डटकम यहि भीडमा आफ्नो अस्तित्व खोज्दै उपस्थित भएको छ । हुलमा चुपचाप बस्दा हराईन सक्छ तर हामी हाम्रो उपस्थितिका लागि तपाईहरुको माझमा सदैव उपस्थिति अर्थपुर्ण सम्मानजनक उपस्थितिका साथ रहिरहने प्रण गर्दछौं । हामी चाहान्छौ हाम्रो उपस्थितिले समाजलाई सहि दिशा दिनमा सहयोग नै पुग्नेछ भन्ने हाम्रो विश्वास हो । त्यो विश्वास सबैपक्षको सहयोगले मात्रै संभव छ । हामी चाहान्छौ की हाम्रो मुख्य अभिभारा जनतालाई सत्य तथ्य समाचार पुर्याउने हो । अति नै कम विकसित मुलुकबाट संसारकै उच्चतम् मुलुकमा हाम्रो बसोबास व्यवस्थापन गर्दै गर्दा हाम्रो थुप्रै चुनौति र समस्याहरु उत्तिकै हुन्छन नै । हामी नेपालीहरुबीचमा यो उच्चतम् विकसित मुलुकका बारेमा पनि लाभदायक सुचना पस्किने कोसिस गर्ने छौं । यहाँहरुको सुचना नै हाम्रा लागि मार्ग निर्देशन हुनेछ ।
अझ हामी खासगरी प्रवासमा रहेका नेपालीहरुलाई बढी केन्द्रित गर्दै मुलुकको समसामयिक सन्दर्भ, सुसासनका साथै नेपाली भाषा, कला, सस्कृति र सञ्चारको विकासमा हाम्रो ध्यान केन्द्रित हुनेछ । त्यसैले आजको शुभ दिन अर्थात सन् २०१६ को शुरुवातबाटै हामीले औपचारिक रुपमा उपस्थिति जनाउन थालेका छौं । आम पाठकहरुको राय, सल्लाह र सुझाव हाम्रा लागि मार्गदर्शन बन्नेछ ।
सन् २०१५ विश्वमै पत्रकारिता क्षेत्रका विपत्तिको वर्ष बन्दै गर्दा नेपाली पत्रकारिताको निम्ति पनि त्यो वर्ष खासै उत्साहजनक रहेन । भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरुमा नराम्रोसंग पर्यो ।
यहि बेला हामी पनि यी सबै दुख कष्ट सहन गर्ने क्षमताका साथ तपाईहरुमाझ उपस्थित भएका छौं । हामी पत्रकारिता गर्दै विश्व शान्तिको कामना गर्दै मुलुक विकासका लागि लोकतान्त्रिक संस्कार र प्रजातान्त्रिक पद्दति, सुसासन र शान्तिको कामना गर्दै समाज विकासको अंग बन्ने प्रयत्न गर्नेछौं ।
सन २०१५ को शुरुको यो विशेष दिनमा खबरमाला मिडिया ईन्कले खबरहरुको माला अर्थात खबरमाला डटकम शुभारम्भ गरेका छौं । प्रवासी नेपालीहरुको सहयोग सद्भाव रहने अपेक्षा गर्दै प्रवासी नेपालीहरु रहेका प्रायजसो मुलुकहरुमा हामी सहकर्मीहरुमार्फत समाचारहरुलाई उच्च प्राथमिकताका साथ समावेश गर्नेछौं । हाम्रो मुख्य कार्यालय अमेरिकाको नर्थ क्यारोलिनामा रहने छ भने नेपालस्थित कर्पोरेट अफिस बबरमहलमा स्थापना गरेका छौं । हालका लागि हामीले हरेक देशहरुमा हाम्रा सहकर्मी थप्दै जानेछौं । यसै अवसरमा वातावरण पत्रकारितामा फेलोसीप प्राप्त गर्नु भै छोटो समयका लागि अमेरिककामा रहँनु भएका विगत १५ बर्षदेखि छापा तथा रेडियो नेपाल हुँदै हाल ईमेज टिभीमा कार्यरत कुशल तथा दक्ष सञ्चारकर्मी होमप्रसाद लम्साललाई अतिथि सम्पादकको जिम्मेबारी सुम्पिएकाछौं । आशा छ उहाँले आफ्नो पत्रकारिताको अनुभव र प्रवासी नेपालीहरुको मर्म र समपर्णलाई उचित स्थान दिनु हुनेछ ।
नयाँ वर्ष २०१६ नेपाली पत्रकारिता र सिंगो मुलुकका लागि सुखद्होस् ,खबरमाला मिडिया ईन्कद्धारा सञ्चालित खबरमाला डटकमको उपस्थिति पनि त्यसैका लागि सर्मपण गर्न चाहान्छौं ।
शिब विष्ट
प्रमुख कार्यकारी निर्देशक /प्रधान सम्पादक

प्रतिक्रिया