शनिबार, साउन ९ २०७८
काठमाडौं २०:२२
वासिङटन डिसी 10:37

ईनेप्लिज चौथो बर्षमा

इनेप्लिज २०७२ पुष १७ गते १३:२१ मा प्रकाशित

naya

अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित अङ्किय पत्रिका ईनेप्लिज चौथो बर्षमा प्रवेश गएको जानकारी पाउदा हर्ष लागेको छ l आज मिति जनवरी १ ,२०१६ मा हामी ३ बर्ष पुरा गरि चौथो बर्षमा टेकेका छौ l पछिल्ला तीन वर्षमा ईनेप्लिजलाई पृष्ठ पोषण ,सल्लाह ,सुझाब तथा माया गर्ने सम्पूर्ण शुभ चिन्तक ,पाठक ,सहयोगी ,लेखक तथा बिबिध बिषयमा सामग्री उपलब्ध गरि दिनु हुने सबैलाई धन्यबाद नदिई रहन सक्दैनौ l

हामीलाई बिज्ञापन उपलब्ध गराई सहयोग गर्ने बिज्ञापन दाता ,स्वबिबेकले स्वस्फूर्त रुपमा दान प्रदान गर्ने दानवीर र ज्ञान गुणका रचना उपलब्ध गराउनु हुने ज्ञान बिरहरुमा प्रति हामी आभारी छौ l

समाचार प्रति हामी गम्भीर छौ l राम्रो समाचार पाठकलाई बाँड्ने हाम्रो मुख्य ध्येय रहने छ l निस्पक्ष ,सत्य ,तथ्य ,निर्भिक एवम् जिम्मेदार पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै जाने हाम्रो प्रतिबद्धता प्रतिबद्धता रहने छ l

यसको साथै मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विभिन्न क्षेत्रका समाचारलाई ईनेप्लिजमा समेटिने र समाचारको दायरा लाई अझ फराकिलो बनाउदै लैजाने लक्ष्य रहेको छ l

हामीले अपेक्षा गरेको भन्दा पनि पाठकले हामीलाई मन पराई दिनु भएकोमा सलाम गर्न चाहन्छौ l अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालनमा आएकोले यस पत्रिका स्थानीय क्षेत्रका बिबिध गतिबिधिका सबै कार्यक्रमलाई उच्च प्राथमिकता दिने हाम्रो चाहना छ l

बिश्व भर यत्र तत्र छरिएर रहेका नेपाली समुदायको माझ पुग्न सफल भएता पनि अझ हामी सदैब साथमा हुने छौ l हामी कसैको झोला बोक्दैनौ l कसैको भजन गाउदैनौ l यो हाम्रो स्पष्ट अभिव्यक्ति हो l हामी सबैको सांझा हुन् मन पराउने प्रवृतिमा विश्वास गर्ने छौ l

पाठकहरूका प्रतिक्रिया , पृष्ठपोषण ,सल्लाह ,सुझाब तथा सुझाब हाम्रा मार्गदर्शन हुने छन् l आगामी दिनमा हामी तिखारिदै जाने र अझ परिष्कृत हुने हाम्रो यो अठोट रहने छ l हामी यहाँ पछ्याइ रहने छौ र हामीलाई पनि पछ्याउँनु हुने छ भन्ने विश्वास गर्दछौ l

प्रतिक्रिया