शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:३७
वासिङटन डिसी 12:52

वाशिंगटन डिसीको “तमु लोह्सार” मा ५०० नेपाली

इनेप्लिज २०७२ पुष १३ गते १३:४२ मा प्रकाशित

 

 

DSC03204

वाशिंगटन डिसी – राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको हर्नडन सिटीमा आयोजित तमु लोह्सार करिब ५००-६०० नेपालीहरुको सहभागितामा भब्यताका साथ सम्पन्न भयो ।

DSC03202
ग्रेटर वाशिंगटन तमु समाजको आयोजनामा हिजो आईतबार भएको उक्त भब्य लोह्सारमा भर्जिनिया, वाशिंगटन डिसी, म्यारिल्याण्ड, पेन्सिल्भानिया, न्युजर्सी, न्युयोर्क, बोस्टन देखी गुरुङ समुदायका पुरुष तथा महिलाहरु आफ्नो जातीय भेष, भुषामा उपस्थित भएका थिए । प्रमुख अतिथी अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले उद्घाटन भाषणमा बिदेशमा पनी नेपालको संस्कृती संरक्षणमा यसरी लागिपरेको देख्दा खुशी लाग्यो भन्दै तमु समाजका कार्यकर्ताहरुलाई दुतावास र नेपाल सरकारको तर्फबाट धन्यबाद दिनुभयो ।

DSC03200

समारोहका बिशेष अतिथी आदिबासी जनजाति महासंघ, अमेरिका फ़िप्नाका अध्यक्ष लुईसांग वाईबाले नेपालको नयाँ संबिधानमा आदिबासी जनजातीलाई गरिएको भेदभाव बारे घुमाई फिराई बोलेका थिए । लोह्सार संयोजक टेक गुरुङले बडो आकर्षक पाराले स्वागत गरेका थिए भने तमु समाजका अध्यक्ष नन्द गुरुङले ऊपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

photo 4

कार्यक्रममा सहभागी हुन बाल्टिमोर देखी बस नै रिजर्ब गरेर काजिम गुरुङको नेतृत्वमा एक बस गुरुङ आएका थिए भने तमु समाजका निबर्तमान अध्यक्ष कुल प्रसाद गुरुङले चाहिं अलग्गै गाडीमा एक हुल गुरुङ युवाहरु लिएर आएको हेर्दा आकर्षक देखिन्थ्यो ।

DSC04300
स्वागत समारोहमा ऊपस्थित मध्ये गुरुङ समुदायका उमेरले बरिस्ठ ६५ बर्षिया लक्ष्मी गुरुङले दिप प्रज्वोलन गरेर शुरु गरिएको उक्त स्वागत समारोह समापनपछी मध्ये रात सम्म रमाईलो सांस्कृतिक कार्यक्रम चलेको थियो ।

प्रतिक्रिया