पौष १३ लण्डन– आशफोडस्थित केनिङ्गटन सभाहलमा “आंसु लुकाई विदा गरे यो मुटु निचोरी, फर्कि आउने बाचा गरि गयौ मलाई छोडी । कहिले भेट होला हाम्रो यो मनले सोची र¥यो” ”बोलको म्युजिक भिडियो तथागीति संग्रहएल्बम “ मुटु” साबर्जनिक गरे ।
गीतकार करिश्माको गीति एल्बम “मुट” सार्वजनिक समारोहका सभापतित्व मगर संघ केन्टका अध्यक्ष उत्तर मगर, उपस्थित रहेका कार्यक्रमका प्रमुख अतिथि समाजसेवी धन कुवर, अतिथिहरु किराँत राई यायोक्खा आश्फोड प्राकासका अध्यक्ष ध्यान बहादर राई, किराँत याक्थुङ चुमलुङ बेलायतको अध्यक्ष काजिमान याक्सो, किराँत राई यायोक्खा बेलायतका सचिब चन्द्रवती राई,गीतकार निर्मला परिबेश,गीतकार सिता सेर्चन,सगरमाथा गोर्खा नेपाली समाज आश्फोडका अध्यक्ष श्री लिम्बु,राप्ती समाजबाट हिक्मत सिंह रोक्का,संघका सल्लाहकार रिटायड क्याप्टेन गंगा मल्ल,संगीतकार विसी राई ,गायक गंगाराज राई , पत्रकार जानुका राई लगायत अतिथिहरुले पानसमा दिप प्रज्जलन गदैे सयुक्त रुपमा एल्बमको विमोचन गरिएको थियो ।
विदेशी भूमिमा रहेतापनि स्वदेशको संझनामा साहित्य साधनामा कलम चलाउँदै आएकी गीतकार करिश्माले यसअघि ‘गुनासो’ नामक कविता सग्रह सार्वजनिक गरिसकेकी थिइन् । विन्ध्यवासिनी म्युजिकद्धारा आयोजित समारोहमा बरिष्ठ गीतकार डा. कृष्णहरी बराल लगायतले एल्बम ‘मुटु’ काठमाण्डौको पनि सार्वजनिक गरिसकेका छन् । प्रमुख अतिथि लगायत अतिथिहरू र स्रष्टाद्घारा सयुक्त विमोचन गरिएको एल्बम “मुटु” समारोहका संयोजक गायक गंगाराज राईले स्वास्थ्य तथा सुरक्षाको जानकारी गराई सकेपछि औपचारिक रुपमा कार्यक्रम संन्चालन गर्नका लागि विफ वियस गोर्खा रेडियोकी चर्तित संसारकर्मी रुपा रानालाई माईक हस्तान्तण गरिसके पछि कार्यक्रम विधिगत रुपमा सुभराम्भ भएको थियो । कार्यक्रमलाई वातावरणविद तथा साहित्यकार विजय हितानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बेलायतमा बसोबास रहेका चर्चित गीतकार ईश्वर चाम्लिङ, गीतकार भुमिराज राई , गीतकार मुकेश राई, गीतकार निलम आङबुहाङ, गीतकार संजिब राई,गीतकार जानु कामबाङले उपस्थित हुन नसकेकोमा दुख व्यक्त गदै सामाजिक संन्जाल फेसबुक मार्फत एल्वम “मुट” को प्रसंशा गदै प्रवाशमा रहेर पनि नेपालीगीत संगितलाई माया गरेर आम नेपाली श्र्रोताहरु माझ एल्वम सार्वजनिक गर्नुु भएकोमा शुभकामना व्यतm गरेका थिए ।
विमोचन कार्यक्रमलाई विफवियस गोर्खा रेडियोकी संसारकर्मी रानाले उद्घोषण गदै बेलाबेला पल्टने जिवनका समसामयिक कुरालाई भावनात्मक शैलीमा पस्किएर उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन गराई रहेकी थिईन । गोर्खालीहरू बन्दुक चलाउन मात्र सीपालु नभई सृजनात्मक कार्यमा पनि अगाडी भएकाले लाहुरे परिवार हुनमा गर्व गर्नु पर्ने भावना पोखेका थिईन । लाहुरे परिवार भनेको बजारमा सामान किन्ने र घर भित्रमात्रै सिमित हुन्छ भन्ने सामाजिक धारणालाई गितकार करिश्माको यस कार्यले मानिसको विचार बदल्न सक्ने विश्वसनियता दिएकी थिईन ।
नेपालको दाङ जिल्ला हापुर गाविसका समाजसेवी प्रेम बहादुर घर्तिमगर र आमा विष्णु देवी घर्तिमगरको जेठो सन्तानको रुपमा गितकार करिश्मा यो धर्तिमा आउन सफल भएकी हुन् । आफ्नो बाबाको व्याबसायिक परिस्थितीको कारण बाल्यावस्थामै भारत बसाई सर्नु परेको उनले बताईन । भारत बसाई सरे पछि करिश्माले प्रवेशिका परिक्षा सरजु प्रसाद कन्या पाठाशाला ईन्टर कलेजबाट हिन्दी साहित्यमा सन १९८६ सालमा पहिलो श्रेणीमा उतिर्ण गरेकी थिईन । गितकार करिश्मा सानो छदै नेपाली साहित्यमा कविता,गीत,शायरी तर्फ अत्यन्तै रुचि राख्ने करिश्माको पे्ररणाको स्रोत आफ्नै आमा विष्णु देवी घर्तिमगर रहेकी उनले बताईन ।
बेलायतबासी सम्पुर्ण उपस्थित संघ संस्थाका पदाधिकारीहरु,जातिय संस्थाका प्रतिनिधी लगायत पत्रकार बन्धुहरु लगायत एल्बमसँग सम्बन्धित गायक, गायिका तथा प्राविधिकलाई गीतकार करिश्माले धन्यवाद प्रकट गदै विमोचन समारोहमा करिश्माले भनिन ‘यो एल्वम विमोचन गर्न पाएकोमा म धेरै खुसी र गर्ववान्वित छु । म सधैं स्रोताहरुबाट न्यानो माया र साथ पाउने अपेक्षा राखेको उनले बताईन । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष विश्वासदिप तिगेलाले गीति एल्बम “मुटु”को सांगीतिक पक्ष र गीति पक्षका सकरात्मक समिक्षा गदै करिश्माको शाव्दिक सिर्जनाको व्याख्या गरेका थिए । गीति लेखनका बिभिन्न पक्षहरूको चर्चा गर्दै एल्बम “मुट” को सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उक्त विमोचित एल्बममा एउटा म्युजिक ट्रयाकका साथ मुटु माझ, नेपालकी छोरी, तिमी मेरो, आंशु लुकाई, तिमी छ्यौ र जहिलेदेखि बोलका आधा दर्जन गीत छन् । जसमा घमको एकल शव्दरचना र राजेश थापाको एकल संगीत छ भने राजेशपायल राई, स्वरुपराज आचार्य, अञ्जु पन्त, दीपक लिम्बु, रजिना रिमाल, मिलन अमात्य र मेलिना राईले स्वर भरेका छन । कार्यक्रममा एल्बमको चर्चित गीत
“आंसु लुकाई विदा गरे यो मुटु निचोरी,
फर्कि आउने बाचा गरि गयौ मलाई छोडी ।
कहिले भेट होला हाम्रो यो मनले सोची र¥यो”
बोलको गीत म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । भिडियोको निर्देशन सुवास रेग्मीले गरेका छन् भने गजित विष्ट र अनु शाहले अभिनय गरेको गीतलाई सांगितिक क्षेत्रमा छुट्टै धुन र ठुलो संम्भावना लिएर आईरहेकी साथै आधुनिक परिबेशमा नेपाली सांगितिक आकाशमा उडिरहेकी मेलिना राईको स्वर भरिएको गीत सार्वजनिक गर्दा दर्शकदिर्घामा रहेका दर्शकहरुको आखामा आशु स्पष्ट रुपमा झरिरहेको देखिएको थियो । बेलायतमा अहिले सम्म भएको कार्यक्रम मध्यको विशिष्ट कार्यक्रम रहेको भन्दै उपस्थित दर्शकहरुले गीतकार करिश्माको रचनाशिल्प र गायिका मेलिनाको स्वरको चर्चा गर्दै एल्बम समग्रमा धेरै राम्रो र महत्वपुर्ण रहेको बताएका थिए ।
प्रतिक्रिया