अमेरिकामा साथी संग अंगालो हाल्ने तथा हात समाती लठारिदा किन अस्वाभाविक ठानिन्छ  ?

इनेप्लिज २०७२ पुष १२ गते १५:०३ मा प्रकाशित

bijay

अमेरिकाका मानिस धेरै स्वतन्त्र चाहन्छन l अन्य देश बाट आएका अप्रवासीले पनि छिटो स्वतन्त्र उपयोग गर्न चाहन्छन l अमेरिकामा स्वतन्त्रता जे कुरा पनि छ भन्ने गलत सोचाई भएको कारण कानुनको कठघरामा पर्ने कैयौ उदाहरण पनि छन l अमेरिका आएका अप्रवासिहरुमा यस्तो गलत भ्रम पनि रहेको देखिन्छ l

त्यस्तो ब्यबहार र त्यस्तो क्रियाकलाबमा संलग्न भएका मानिसलाई कानुनले पाठ शिकाउद्छ l र ,अप्रवासीहरुले यस्ता कुराहरु जान्नै पर्छ l नत्र सामाजिक रुपमा र समुदायले अस्वाभाविक दृष्टिले हेर्दछ l

अमेरिकाको संस्कृति र संस्कारको ज्ञान नभएको कारण अमेरिका आएका मानिसको अर्ध बुझाईको कारण नराम्रो संग फ़स्दछन l  सामाजिक तवरमा अमेरिकाका नागरिकले गर्ने कैयौ चिज अन्य मुलुकबाट आएका नागरिकलाई अस्वाभाविक लाग्दछ l कैयौ चिजहरु अप्राकृतिक पनि हुन् जान्छ l अनौठो दृष्टिले हेरिन्छ l यसै गरि अन्य देशका मानिसले आफ्नो संस्कृति र संस्कारलाई अमेरिकामा पनि लागु गर्ने प्रयास गर्दा नकारात्मक टिका टिप्पणी गरिन्छ l

अमेरिका आएका नेपालीहरुलाई पनि अमेरिकामा गरिने संस्कार ,के गर्न हुने के गर्न नहुने बारेमा ज्ञान हुदैन l फलस्वरूप कहिँ कतै लज्जित हुनु पर्ने अवस्था बाट पनि गुज्रिनु पर्ने हुन्छ l तर अमेरिकामा नेपालमा गरेको जस्तै गर्दा आफ्ना साथीभाईहरु संग गर्दा अर्को अर्थ लाग्ने पनि हुन्छ l

नेपालमा आफ्नो मिल्ने साथी संग अंगालो हाली हिड्ने तथा हात समाती लठारिदा किन स्वाभाविक मानिन्छ ?

बिश्वमा मित्रताको सम्बन्धलाई अत्यन्तै श्रद्धाले हेरिन्छ l परिवारमा सम्बन्ध बिच्छेद हुन् सक्छ तर मित्रता परिवार भन्दा पनि अझ प्रगाढ सम्बन्ध रहेको पाईन्छ l मौका परेमा परिवार र परिवारका सदस्यले पछाडी बाट छुरा घोप्न सक्लान तर एउटा साचो मित्रले दुख र सुखमा अन्तिम अवस्था सम्म साथ दिन्छन l   नजदिकको मित्रलाई सबै कुरा भन्ने पनि गरिन्छ l सबै साथी या मित्रहरु भलाई नै चाहने भन्ने कदापी हैन l मित्रले नै ठुलो धोका धडी गरेका कैयौ उदाहरण पनि छन् l

lesbian 1

नेपालमा मिल्ने साथी संग हामी हातमा हात मिलाई हिन्छौ l काँधमा काँध मिलाई पनि हिन्छौ l मिल्ने साथीहरु एकैछिन् पनि नछुट्टिने गरि हातमा हात समाई लट्ठारियेर पनि हिन्छौ l पुरुष या महिला दुबैले आफ्ना अभिन्न मित्र संग यस्तो ब्यबहार गर्दछौ l नेपालमा त्यसको केहि नराम्रो अर्थ लगाईदैन l समाज र समुदायले सकारात्मक रुपले हेर्दछ l परिवारका सदस्यले पनि कुनै आपत्ति जनाउदैनन l कुनै गलत सोच र अन्य कुनै कारण नभई मित्रतामा गौरब गर्दछन l र अपबाद बाहेक त्यसको गलत अर्थ पनि लगाईदैन l

नेपालमा एकै लिङ्ग (स्त्री या पुरुष )साथीभाई संग अंगालो हाले हिडे पनि केहि सोचिदैन l महिला र पुरुषले अंगालो मारेर नेपालमा खुल्लम खुल्ला गरेको देखिदैन l समाजले नेपालमा त्यसलाई अलिक अस्वाभाविक रुपले हेर्दछ l तर एकै लिङ्ग (स्त्री या पुरुष )ले आफ्ना मित्रहरु संग काँधमा काँध मिलाई र  हातमा हात समाती हिडदा पनि कुनै अनौठो मानिदैन l बात लगाइदैन l तर नेपालमा यसरि पुरुष या महिला ,प्रेमी प्रेमिका ,ठिटाठिटी ,किसोर किसोरी ,केटाकेटि तथा पतिपत्नी यसरि सार्बजनिक स्थानमा यसो गर्न आँट गर्दैनन् l सामाजिक बन्देज पनि हुन्छ l यस्तो कुरा निषेधित छ l

lesbian 3

तर  अमेरिकामा दुई फरक लिंग पतिपत्नी ,प्रेमी प्रेमिका ,ठिटाठिटी ,किसोर किसोरी ,अबिबाहित पुरुष या महिलाले अंगालो हाल्ने र हातमा हात गरे त्यो स्वाभाविक मनिन्छ l अमेरिकामा त्यो कुरा चर्चाको बिषय मानिदैन l

तर अमेरिकामा ठिक बिपरित ,एकै लिङ्ग (स्त्री या पुरुष )साथीभाई संग अंगालो हाले हिडे पनि समाजले अर्को दृष्टिले हेर्दछ l समुदायले कर्के नजर लगाउदछ l अलिक मानिस तर्किन खोज्ने गर्दछन l एकै लिङ्ग (स्त्री या पुरुष )साथी साथीमा हातमा हात हाली पनि हिड्ने चलन हुदैन l यसरी हिडे अप्राकृतिक हुन्छ l स्त्रिलिंग या पुलिङ्ग भन्ने तर्फ जादैनन् l कुरा गडबड सम्झी अर्को तेश्रोलिंगी होला भन्ने ठानिन्छ l

gay couple hug

यसरि पुरुषले पुरुष साथी संग हातमा हात मिलाएर हिड्यो भने नपुंसक हो कि भन्ने ठहर गरिन्छ l महिला साथीले महिला साथी संग यसरी काँधमा काँध मिलाएर हिड्ने गरे समलैंगिक स्त्रीहरु भन्ने ठानिन्छ l अमेरिकामा अंगालो हाल्न कुनै बन्देज हुदैन l काँधमा काँध मिलाउन पनि कुनै रोकावट हुदैन l तर एकै लिङ्ग (स्त्री या पुरुष)ले यसो गर्दा फरक पर्दछ l सार्बजनिक स्थानमा यस्तो गर्दा अप्ठ्यारो वातावरण पनि निम्त्याई दिन्छ l  तर कैयौ देशमा सार्बजनिक रुपमा अंगालो हाले कानुन बिपरित हुन्छ l सजायको भागिदार पनि हुनु पर्छ l मुस्लिम राष्ट्रमा पुरुष र महिला काँधमा काँध मिलाउन र हातमा हात मिलाई सार्बजनिक स्थानमा हिडडुल गरे झन् आपत्ति नै हुन्छ l

नेपाल सरकारका भूतपूर्व कृषि मन्त्री हरिप्रसाद पराजुलीले आषाढ १५ गते गरेको असामान्य हर्कतको कारण मन्त्रि पद बाट समेत राजिनामा दिनु पर्यो l नेपालको परिपेक्षमा त्यो अस्वाभाविक मानियो l  नेपाली समाजमा त्यसलाई पचाउदैनन l यसै गरि जति सुकै मिल्ने र नजिको साथी भएता पनि अमेरिकामा एकै लिंगका पुरुष या महिला काँधमा काँध मिलाएर हिड्यो भने अप्राकृतिक मानिन्छ l हातमा हात कसिएर समातेर हिड्यो भने अर्को अर्थ लिइन्छ l

lesbianअमेरिका ,विश्व कै सबै मानिसको सपनाको संसार हो  l पछिल्लो दशक देखि नेपाली समुदायको जन घनत्व पनि बिज गणतीय रुपमा अमेरिकामा बढेको छ l यस्ता कुराहरु अमेरिका आउने र यहाँ भएकालाई कहिलेकाही अज्ञानता बस यस्ता कुराहरुले असहज बनाई दिन्छ l यस्ता कुराहरु जानी राखे र मष्तिस्कमा राख्न सके सबैलाई फाईदा हुनेछ l सबैको भलाई नै हुन्छ l

आगे यहाहरुको मर्जी ……………

 तस्बिर :बिमल नेपाल ,बोस्टन 

प्रतिक्रिया