बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:२७
वासिङटन डिसी 16:42

दश हात्ती तेस्रो चरणमा

इनेप्लिज २०७२ पुष १२ गते १२:५५ मा प्रकाशित

Rss_Images_1451211508639_NN-Ktm-Elephant (2)रत्ननगर (चितवत), १२ पुस । चितवनको रत्ननगरस्थित सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत हात्ती फाष्टवाकको आज सम्पन्न दोस्रो चरणका खेलबाट १० हात्ती तेस्रो चरणमा प्रवेश गरेका छन् ।

आज दुई चरणमा खेलाइएको खेलमा प्रत्येक समूहबाट एक एक हात्ती बाहिरिएका हुन् । सहभागि १२ हात्तीमध्ये आज पूजाकली र ईच्छाकली बाहिरिएको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो ।

खेलको समूह ‘ए”बाट रानीमायाँकली, जूनकली, एलिसाकली, एकताकली ‘ए’ र ‘बी’ छनोटमा परे । यस्तै समूह ‘बी’बाट रुक्सीकली, ब्यूटीकली, अप्पुकली, पूजा र जानकीकली तेस्रो चरणमा प्रवेश गरेका छन् । सोमबार उनीहरुबीच प्रतिपस्र्धा गराइने छ ।

यस्तै आज भएको पहिलो गाडा दौडमा सहभागि १५ गाडामध्ये नौ वटा गाडा दोस्रो चरणमा प्रवेश गरेका छन् भने १२ वटा टाँगामध्ये छ वटा टाँगा दोस्रो चरणमा प्रवेश गरेका तिवारीले जानकारी दिनुभयो । महोत्सव अन्तरगत सोेमबार हात्ती फाष्टवाकसहित गाडा, टाँगा दौडका बाँकी खेल हुने छन् भने हात्ती पिकनिक र डुङ्गा दौडको उद्घाटनसमेत हुने महोत्सव संयोजक सुमन घिमिरेले जानकारी दिनुभयो । यस्तै सोमबारबाटै हात्ती सुन्दरी प्रतियोगितासमेत सुरु हुँदै छ ।

आज शान्तिश्री परियारलगायत कलाकारले साँगितिक कार्यक्रम प्रस्तुत गर्ने र सोमबार हास्यकलाकार जीतु नेपाल आउने साँस्कृतिक संयोजक दीपक अधिकारीले जानकारी दिनुभयो । हात्ती महोत्सव यही १५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया