लोप हुँदै ढिकीजाँतो

इनेप्लिज २०७२ पुष १२ गते ७:१७ मा प्रकाशित

Dhiki-Kutdai-300x214पाल्पा, १२ पुस । परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको लोप थालेको हो ।

मकै, कोदो, फापर आदि पिस्ने जाँतो, धान कुट्ने ढिँकी, उखु पेल्ने कोल, तोरी पेल्ने र अमिलो पेल्न कोलसमेत आधुनिक प्रविधिको विकाससँगै लोप हुन पुगेको स्थानीय बासिन्दा बताउँछन् ।

पहिला ढिँकीजातोमा खाने कुरा कुटानी, पिसानी गर्नुपर्ने बाध्यता रहेकोमा गाउँ–गाउँमा कुटानी पिसानीका लागि मिल सञ्चालन आएसँगै परम्परागत औजार गाउँ तथा सहरमासमेत देख्न मुस्किल हुन लागेको हो ।

जोत्नका लागि प्रयोग गरिने हलो, जुवा र नारासमेत पावर टेलरका कारण अधिकांश स्थामा लोप हुने अवस्थामा पुगेको हो । छिटो र छरितो रुपमा काम सम्पन्न हुने भएपछि मानिस परम्परागत रुपमा सञ्चालित प्रविधि भन्दा आधुनिक प्रविधिप्रति आकर्षित भएका हुन् । आधुनिक प्रविधिले गर्दा रातै बिताउनुपर्ने बाध्यता हटेको छ ।

ख्याह गाविसका विष्णुप्रसाद पोखरेलका अनुसार पहिला निकै मेहेनत गरी कुटानीपिसानी गर्नुपर्ने बाध्यता रहेकोमा अहिले गाम्रीण क्षेत्रमा कुटानीपिसानी गर्ने मिल सञ्चालन भएपछि सजिलो भएको छ ।

परम्परागत प्रविधिको लोप हुन लागेको र यसको संरक्षण तथा पर्यटन आकर्षणमा युवापुस्ताका लागि पर्नुपर्ने आवाज पनि उठेको छ ।

प्रतिक्रिया