प्रसारणको तार चुँडिएपछि उत्पादन प्रभावित

इनेप्लिज २०७२ पुष १२ गते ६:३८ मा प्रकाशित

धुन्चे (रसुवा), १२ पुस । जिल्लाको राम्चे गाविसको ग्राङ भन्ने स्थानमा राष्ट्रिय प्रसारणको तार चुँडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको उत्पादन प्रभावित भएको छ ।

सेवा अवरुद्ध हुँदा विद्युतीय उपकरणबाट हुने सबै सरकारी तथा स्थानीय जनताको सेवा प्रभावित छन् । नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाले मर्मतसम्भार सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया