फेसियल हाउसको मेकअप हेयर र फेशन शो

इनेप्लिज २०७२ पुष ११ गते १६:०६ मा प्रकाशित

Uae-768x576

काठमाडौं । राजधानीको काठमाडौं मल स्थित फेसियल हाउसले आफ्नो आठौं वार्षिक उत्सबको अबसरमा शुक्रबार साँझ थरी थरीका हेयर स्टाईल, मेकअप र फेशन प्रस्तुत गरियो । नेपालमा फेशन शो धेरै हुने गरे पनि मेकअर र हेयर स्टाईल शोलाई महत्व नदिने गरिकाले आफुहरुले आठौं वार्षिक उत्सकमा फेशन सँगै हेयर र मेकअपको शो गरेको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले बताईन् ।

आठ वर्ष देखि काठमाडौं मलमा रहेको फेसियल हाउसले अन्तराष्टिय स्तरका सबै हेयर, मेकअप सहित विभिन्न सुविधा दिएको उनले कार्यक्रममा प्रकाश पारिन् । कार्यक्रमका प्रमुख अतिथि अभिनेता भुवन केसीले शुक्रबारको हेयर, मेकअप र फेशन सो निकै सभ्य र भव्य भएको बताए । उनी फेशन शोमा सोज स्टपरका रुपमा प्रस्तुत भएका थिए । त्यस्तै चलचित्र राहदानीका अभिनेता अभिनेत्री नविन लम्साल र रुपा खनाल सिक्वेन्स स्टपरको रुपमा ¥याम्पमा उत्रिएका थिए । करिब दुई घन्टा चलेको सो समारोहमा विभिन्न ६ सिक्वेन्समा मोडलहरु ¥याम्पमा उत्रिएका थिए । आगामी १२ चैतदेखि प्रदर्शनीमा आउने चलचित्र राहदानीको टिसर्ट सहितको फेशन प्रस्तुतबाट फेशन शो सुरु भएको थियो । चलचित्रका निर्माता लक्ष्मी प्रसाद ढकाल, निर्देशक डब्बु क्षत्री, अभिनेता अभिनेत्री नविन लम्साल, रुपा खनाल, तेन्जिङ शेर्पा मञ्चमा उत्रिएका थिए । फेसियल हाउसका तर्फबाट दोस्रो सिक्वेन्समा मोडललाई ‘सारीमा उतारिएको थियो । श्रेष्ठ क्रियसन बुटिकले तयार गरेको सारीमा सोही अनुसारको सृँगार हेयर स्टाईलमा फेसियल हाउसले उतारेको थियो । यस्तै अर्को सिक्वेन्समा ओचु जिन्सका सुनिल महर्जनले तयार पारेको जिन्स फेशनमा मोडल ¥याम्पमा उत्रिएका थिए । जसमा मोडललाई क्याजुअल हेयर स्टाईल र मेकअपमा फेसियल हाउसले उतारेको थियो । त्यसपछि प्रेम डियोले तयार पारेका बेहुली पहिरनमा मोडलहरु ¥याम्पमा उत्रिए । उनीहरुलाई फेसियल हाउसले बेहुली झैं सृँगारेको थियो । चौथो सिक्वेन्समा मोडलहरु विन्टर स्कर्ट र विन्टर क्याजुअल पहिरनमा उत्रिएका थिए । विविध बुटिककी खुस्बु रानाले तयार गरेको सो पहिरनमा फेसियल हाउसका तर्फबाट रफ जुरो सहित मोडर्न लुक्स दिईएको थियो । अन्तिम सिक्वेन्समा मोडलहरु लेहेँगा चोलीमा उत्रिएका थिए ।

शासा बुटिककी एलिना श्रेष्ठले तयार पारेको लेहँगा फेशनमा मोडललाई पार्टी स्टाईलको हेयर र मेकअपमा फेसियल हाउसले उतारेको थियो । युहान इन्टरनेशनल इभेन्टको व्यबस्थापनमा सम्पन्न फेशियल हाउस फेशन शोमा युवती मोडलहरु शिल श्रेष्ठ, सुजिना शाही, सितु श्रेष्ठ, सिम्रन खड्का, सृजना राजबँशी, सितल श्रेष्ठ, पविना खड्का, पल्लभी शर्मा, स्मारिका महर्जन, अनुसा लामा, स्वस्तिका लामा र मेघना लामा प्रस्तुत भएका थिए । युवा मोडल तर्फ भुपेन्द्र खड्का, सुवास श्रेष्ठ, प्रनिराज पाण्डे, बिक्रम कुमार पाण्डे र सञ्चारकर्मी डब्बु क्षत्री ¥याम्पमा उत्रिएको सो कार्यक्रमको अभिनेत्री मोडल आँचल दवाडीले कोरियोग्राफी गरेकी हुन् । सो कार्यक्रममा निरु खड्काको प्रहसन, निशा देशार, शिब सँगीत, मेनुका राईको गायन, रबिन थापा र विभिन्न बाल कलाकारहरुको नृत्य कार्यक्रमको आकर्षक बनेको थियो । कार्यक्रमको अन्त्यमा केक काटेर फेसियल हाउसको वार्षिक उत्सब मनाईएको थियो ।

प्रतिक्रिया