हिरोइन नै पाएनन् सलमानले, भेटिएकाले पनि प्रस्ताव अस्वीकार गरे

इनेप्लिज २०७२ पुष १० गते २०:१४ मा प्रकाशित

Jyapu-Dibas-1

मुम्बई । बलिउड अभिनेता सलमान खानले हिरोइन् नपाएको समाचार बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको मोस्ट अवेटेड फिल्म ‘सुल्तान’का लागि लीड हिरोइन नपाइएको हो । केहीले सलमानको प्रस्ताव अस्वीकार गरिदिएका छन् । हालै प्रदर्शनमा आएको शाहरुख खानको फिल्म दिलवालेमा काम गरिसकेकी अभिनेत्री कृति सेननले ‘सुल्तान’मा सलमान खानकी हीरोइन बन्न आएको प्रस्ताव अस्वीकार गरेकी छिन् । यसअघि पनि फिल्मका लागि तीन हिरोइनले प्रस्ताव अस्वीकार गरिसकेका छन् । फिल्म युनिटले अझै पनि कतिलाई फकाउने प्रयास गरिरहेका छन् । अर्काेतर्फ ‘सुल्तान’मा सलमानका लागि नयाँ हिरोइनको खोजी पनि भइरहेको छ ।

प्रतिक्रिया