शनिबार, साउन ९ २०७८
काठमाडौं १९:०२
वासिङटन डिसी 09:17

खानीमा पहिरोले २५ फसे

इनेप्लिज २०७२ पुष १० गते १३:४३ मा प्रकाशित

जीनान (चीन ), १० पुस । पूर्वी चीनको साङ्डोङ्गअविस्थत एक खानीमा शुक्रबार बिहान आएको पहिरोमा परी २५ व्यक्ति फसेका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान करिब ७ः२६ बजे भएको सो दुर्घटनाको समयमा खानीमा २९ कामदार कार्यरत रहेका थिए ।

ती मध्ये चारजनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्वारको कार्य जारी रहेको बताइएको छ । तर फसेका व्यक्तिलाई बाहिर निकाल्न निकै गाह्रो भइरहेको उद्वारकर्मीहरुको भनाई छ ।

प्रतिक्रिया