शनिबार, साउन ९ २०७८
काठमाडौं १९:५७
वासिङटन डिसी 10:12

विन्दु परियारलाइ जबरजस्ती यौन उद्योगमा लगाएको अभियोगमा उनका पूर्वपतिलाइ ७.२५ मिलियन डलर जारीवाना

इनेप्लिज २०७२ पुष ९ गते २०:१५ मा प्रकाशित

Kamal-thapa-china-Vice-Pricedent

 अमेरिकामा नेपाली पोर्नस्टार भनेर चिनिएकी विन्दु परियारलाइ जबरजस्ती याैन उद्योगमा फसाएको अभियोगमा उनको पूर्वपति टम रेन्डेल सेवेललाइ अदालतले ७.२५ मिलियन अमेरिकी डलर जरीवाना तिर्न आदेश दिएको छ ।

टेक्सास स्टेट डिस्ट्रिक्ट जज मार्टिन हफमेनले परियारकी पूर्वपतिलाइ अनलाइनमा रहेका परियारका फोटो र भिडियोसमेत हटाउन आदेश दिएको डालस मर्निङ न्युजले जनाएको छ ।

सन् २०१० मा कानुनी बिहे गरेका टम र परियारले सन् २०१२ मा टमसंग सम्बन्धविच्छेद गरेकी थिइन् । आफ्नै पतिले आफ्नो इच्छाविपरित याैनधन्दा गर्न लगाएपछि निराश भएकी उनले बिहेको ९० दिनमै सम्बन्धविच्छेद गरेकी थिइन् ।

सम्बन्धविच्छेदपछि परियारले आफूलाई देहब्यापारमा जबर्जस्ती लाग्न बाध्य पारेको भन्दै टमविरूद्ध क्षतिपूर्तिको माग र अनलाइनबाट उनको नग्न फोटोहरू र बाध्यतापूर्वक यौन सम्बन्ध राख्दै गरेका भिडियोहरु हटाउन माग गर्दै टेक्सास अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

अदालतको फैसलापछि परियारले खुसी व्यक्त गर्दै आफू सामान्य जीवनयापन गर्न चाहेको बताइन् । उनले डलसन्युजसँग भनेकी छिन्, ‘यो मेरो लागि मात्र होइन, मानव बेचबिखन रोक्नका लागि राम्रो सन्देश पनि हो । म सबैलाई देखाउन चाहन्छु कि म पनि हिम्मतवाली हुँ ।’ अदालतको आदेशको बेला उनका पूर्व पति अदालतमा उपस्थित नरहेको बताइएको छ ।

को हुन् विन्दु ?

विभिन्न अनलाइन पोर्टलमा विन्दु परियारको वास्तविक घर पोखरा बताइएको छ । पोखरा हेम्जाकी उनी गरिब परिवारमा जन्मेकी थिइन् । गरिब परवारमा जन्मेपनि उनलाई पढाइदिन अमेरिकी टम सेवेल हाजिर भए ।

उनले ज्ञानुबाबा स्कुलबाट १२ कक्षासम्मको पढाइ पूरा गरी अमेरिका गए । टमले पहिले विन्दुकी काकीलाई बिहे गरेका थिए । उनकी काकीसँग सम्बन्धविच्छेद गरेर उनकै दिदी पर्ने सीता परियारलाई बिहे गरे । ऊसँग बिहे गरेकी सीता दिदीले पनि उसलाई छाडेपछि टमले विन्दुसँग बिहे गर्ने चाहना व्यक्त गरे ।

टमले उनलाई अमेरिका लगे । नर्स बन्ने सपना बुनेर अमेरिका पुगेकी विन्दुलाइ टमले श्रीमती र यौन दास बनाइदिए । टमले विन्दुलाइ नाइट क्लबमा काम गर्न दबाब दियो र भन्यो, ‘तँलाई यहाँसम्म ल्याउन मेरो थुप्रै लगानी परेको छ ।’ टमले विन्दुलाइ धम्क्याउन थाल्यो र नांगा फोटा र भिडियोहरु सार्वजनिक गरिदिने, बाआमालाई देखाइदिनेसम्मको धम्की दिएर उनको पासपोर्ट लगायतका सबै कागजपत्रहरु कब्जामा लिए । टमको व्यवहारले अाजित विन्दुले उनीबाट छुट्कारा पाउन सम्बन्धविच्छेद गरिन् ।

प्रतिक्रिया