आइतबार, साउन १७ २०७८
काठमाडौं ०६:३७
वासिङटन डिसी 20:52

चीनले भन्यो- नेपाललाई हामी आफ्नो नजिकको बनाउन चाहन्छौं

इनेप्लिज २०७२ पुष ९ गते १७:४२ मा प्रकाशित

Kamal-thapa-china-Vice-Pricedentकाठमाडौं, ९ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चिनियाँ उपराष्ट्रपति ली युनचाओसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् । भारतीय नाकाबन्दीकाबीच दिर्घकालिन व्यापार सम्झौता गर्न चीन भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री थापासँग बिहीबार बेइजिङमा भएको भेटवार्तामा चिनियाँ उपराष्ट्रपति लीले नेपाललाई अनुदानमा थप इन्धन सहयोग गर्ने बताएका छन् । चीनको विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा थापा र लीबीच भएको भेटवार्ता भएको जनाइएको छ ।

बेइजिङस्थित सरकारी मुख्यालय ग्रेट हलमा भएको भेटवार्तामा सीमा नाकाहरू व्यवस्थित गर्ने र पारवहन तथा व्यापार सम्झौता अगाडि बढाउन महत्व दिनेबारे छलफल भएको थियो । भारतीय नाकाबन्दीपछि एक हजार मेट्रिक टन पेट्रोल सहयोग गरेको चीनले थप इन्धन सहयोग गर्ने चिनियाँ उपराष्ट्रपति लीले बताएका हुन् । चीन–नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिक उत्सवको अवसरमा भएको भेटवार्तामा छ दशक लामो सम्बन्धको समीक्षा भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका ली र उपप्रधानमन्त्री थापाबीचको भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विभिन्न पक्षबारे छलफल भएको छ । यसैबीच परराष्ट्रमन्त्री थापाले शुक्रबार चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्दैछन् । उपराष्ट्रपतिसँगको भेटवार्तामा कानुनमन्त्री अग्नी खरेल पनि सहभागी थिए ।

प्रतिक्रिया