बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:२०
वासिङटन डिसी 16:35

अफगानिस्तानमा सात तालिवान मारिए

इनेप्लिज २०७२ पुष ९ गते १३:४६ मा प्रकाशित

afaganistan-1024x722काबुल, ७ पुस । अफगानिस्तानमा भएको पछिल्लो कारबाहीका साथै सुरक्षा निकायमाथिको आक्रमणका क्रममा कम्तीमा पनि सातजना तालिवान मारिएको समाचार छ ।

बुधबार साँझदेखि भएका तालिवानविरुद्धका कारबाहीमा परी सातजना तालिवान मारिएको बताइएको छ । यस क्रममा कतिपय सैनिकलाई अफगानिस्तानमा युद्ध गरिरहेका तालिवानले हमला गरेका थिए ।

बुधबार बिहानदेखि भएका ती हमलामा परी ती तालिवान मारिएका अफगानिस्तानको रक्षामन्त्रालयले जनाएको छ ।

रक्षामन्त्रालयले हालैमात्र उपलब्ध गराएको एक तथ्याङ्कअनुसार पछिल्लो समयमा जारी रहेका हमलामा परी सेनाको ज्यान जाने क्रम बढिरहेको छ ।

देशका विभिन्न पाँचवटा प्रान्तमा यो कारबाही जारी रहेको थियो । उक्त कारबाहीका क्रममा ती तालिवान मारिएका हुन् ।

त्यसैगरी अरु केही तालिवान लडाकूहरु पक्राउ पनि परेका बताइएको छ । साथै सो कारबाहीमा परी कैयौँ तालिवान पनि मारिएका छन् ।

मारिएका तालिवानको सङ्ख्या भने रक्षामन्त्रालयको सो विज्ञप्तिमा जनाइएको छैन । अफगान सेनाले तालिवानका विरुद्धमा कारवाही जारी राखेको छ ।

प्रतिक्रिया