असन्तुष्टिलाई संशोधनमार्फत सम्बोधन गर्नुपर्छ: पूर्वसभामुख नेम्वाङ

इनेप्लिज २०७२ पुष ९ गते १३:२७ मा प्रकाशित

subash-nembang_20150123073453ताप्लेजुङ, ९ पुस । पूर्वसभामुख सुवास नेम्वाङले संविधान निर्माण प्रक्रियामा एकैठाँउमा उभिएका दलहरु अब कार्यान्वयनका लागि पनि पुनः एकै ठाँउमा आउनुपर्ने बताउनुभएको छ ।

‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ भन्ने राष्ट्रव्यापी अभियानअन्तर्गत आज ताप्लेजुङमा आयोजित कार्यक्रममा उहाँले सबै राजनीतिक दलको सहभागितामा लामो अभ्यासका साथ निर्माण गरिएको संविधानलाई निर्माण प्रक्रियामै अटाएका दलहरुले अपव्याख्या गरेर हिडेकाले कार्यान्वयनमा चुनौती आएको बताउँदै अब सफल कार्यान्वयनका लागि एकैठाउँमा उभिनुपर्ने बताउनुभयो ।

विभिन्न ३१ दललाई राखेर मेचीदेखि महाकालीसम्मका जनताको रायसुझाव सङ्कलन गरेर निर्माण गरिएको संविधानले सबैको भावना र मर्मलाई नबिर्सिएको बताउँदै उहाँले संविधानको विषयमा छुटेका कुरा र उठेका असन्तुष्टिलाई संशोधनमार्फतनै किनारा लगाउनुपर्नेमा जोड दिनुभयो ।

देशलाई सङ्क्रमणको भुमरिमा पार्ने खालका गतिविधि गर्नु नहुने धारणा राख्दै उहाँले चित्त नबुझेका कुरा आउँदा दिनमा लोकतान्त्रिक प्रक्रियाबाट सुधार्दै अघि बढ्नुपर्ने उल्लेख गर्नु भयो ।

प्रतिक्रिया