विषादी सेवनका कारण मृत्यु

इनेप्लिज २०७२ पुष ९ गते १२:३९ मा प्रकाशित

poisne-harekpalविराटनगर, ९ पुस । मोरङमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ ।

विराटनगर–४ बस्ने २८ वर्षीया अनु कोचरको मृत्यु भएको जिप्रका मोरङले जनाएको छ ।

गहुँको किरा मार्ने विषादी सेवन गरेका कारण गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया