चुलाचुलीमा सबै सरकारी कार्यालयको सेवा सुरु

इनेप्लिज २०७२ पुष ९ गते ३:१४ मा प्रकाशित

इलाम, ९ पुस । इलामको दक्षिणी चुलाचुली गाविसमा आजदेखि घुम्ती शिविर सुरु भएको छ । दुईदिनसम्म सञ्चालन हुने शिविरमा नागरिकता, मतदाता परिचयपत्र, अपाङ्गता परिचयपत्र वितरण गरिनुका साथै जिल्लास्थित विषयगत कार्यालयबाट प्राप्त हुने सबै सेवा एकैठाउँबाट वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताउनुभयो ।

चुलाचुली, बाँझो, साकफारा र महमाई गाविसका बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाले उपचार सेवा प्रदान गर्ने, कृषि, पशुसेवा, टेलिकम, मालपोत, नापी, नेपाल विद्युत् प्राधिकरणलगायत सरकारी कार्यालयबाट विभिन्न सेवा प्रदान गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।

विगतमा सञ्चालन गरिएको शिविरभन्दा पृथक ढङ्गले आयोजना गरिएको शिविरमा सरकारी कार्यालयका प्रमुखहरूसँग स्थानीय बासिन्दाको अन्तक्र्रियासमेत आयोजना गरिएको छ । जिप्रकाले समेत ट्राफिक व्यवस्थापनलगायत विभिन्न सचेतनामूलक सन्देशसमेत प्रदान गरिने बताएको छ ।

प्रतिक्रिया