शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:०५
वासिङटन डिसी 12:20

जेलमा पनि हिटलरलाई विशेष व्यवहार दिइन्थ्यो

इनेप्लिज २०७२ पुष ९ गते २:५४ मा प्रकाशित

Hitlarबर्लिन (जर्मनी), ९ पुस । जर्मनीका पूर्व शासक एडल्फ हिटलरलाई जेलमा रहँदा विशेष व्यवहार दिइएको अभिलेखबाट जानकारी हुन आएको छ ।

जर्मनीका पूर्व तानाशाहाका रुपमा चिनिँदै आएका हिटलरले ल्याड्सवर्गस्थित जेल जीवन बिताउँदै गर्दा उनलाई पेय पदार्थ (बियर) दिइने गरेको हालै यहाँ प्रकाशित एक ऐतिहासिक दस्तावेजमा जनाइएको छ ।

इतिहासकार नाजी नेताको समयको बारेमा अध्ययन गर्ने क्रममा उक्त अनौठो तथ्य फेला पारेको जर्मनीको इतिहासका विज्ञ तथा अन्वेषक पिटर फ्लीसम्यानले बताउनुभएको छ ।

हिटलर र उनका कैयौँ सहयोगीलाई तत्कालीन जर्मन सरकारले दिएको आतिथ्यबारे अन्वेषणका क्रममा थाहा पाएपछि यसले उनीहरुलाई चकित पारेको फ्लीसम्यानले बताउनुभयो ।

हिटलर र उनका सहयोगीलाई सन् १९२३ को असफल ‘बियर हल पुच’ पछि जेलमा लिइएको थियो ।

यसमा जर्मन तानाशाहले ब्राभियामा शक्ति कब्जा गर्दैगर्दा नियन्त्रणमा लिइएको हिटलरको जेल जीवनका बारेमा रहेको अभिलेखबाट खुल्न आएको बताइएको छ ।

अभिलेखअनुसार हिटलर र उनका सहयोगीलाई समाजवादी वा कम्युनिस्टको तुलनामा सम्मानजनक व्यवहार दिइएको थियो ।

हिटलरलाई ल्यान्डसवर्ग जेलबाट सन् १९२४ डिसेम्बर २० मा व्यवहारमा सुधार आएको भन्दै जेलमुक्त गरिएको र पछि उनका गतिविधिका कारण प्रसिद्ध भएका थिए ।

उनको नाजी पार्टीले बहुमत प्राप्तगरेपछि सन् १९३३ पछि जर्मनीको चान्सलरका रुपमा आएका उनी पछि निरंकुश शासनशैलीका कारण पतन हुनुपरेको थियो ।

प्रतिक्रिया