शुक्रबार, साउन १५ २०७८
काठमाडौं १४:०६
वासिङटन डिसी 04:21

सिरियाको राजधानी दमास्कसमा झडप, पाँचको मृत्यु

इनेप्लिज २०७२ पुष ८ गते १४:२२ मा प्रकाशित

siriya5बेरुत, ८ पुस । सिरियाली विद्रोही पक्षले सरकारी पक्षबाट देशको राजधानी दमास्कसको दक्षिणपश्चिममा मङ्गलबार रातभर अन्धाधुन्द गोलाबारुद वर्षा गरिएको दाबी गरेका छन् ।

विद्रोहीको प्रभाव रहेको दमास्कसको दक्षिणपश्चिममा सरकारी सुरक्षाफौजले हेलिकोप्टरबाट गोलाबारुद खसालेको स्थानीय सञ्चारकर्मीले बताए ।

सरकारले उक्त इलाकामा रकेटद्वारा आक्रमणसमेत गरेको बताइएको छ ।

प्रत्यक्षदर्शी एक सञ्चारकर्मीले सरकारी आक्रमणपछि गोलाबारुद पड्केको मोहदामिया वरपर धुवाँ भरिँदा श्वासप्रश्वासमा समस्या भई विद्राहीको त्यहीँ मृत्यु भएको थियो ।

महदामिएहले सरकारी पक्षबाट विषालु ग्यास लोड गरिएको रकेटद्वारा विद्रोहीलाई निशाना बनाई मङ्गलबार राति आक्रमण गरिएको दाबी गर्नुभएको छ ।

विद्रोही पक्षका लडाकू र सरकारी सुरक्षाकर्मीबीच झडप भएपछि सेनाले उक्त स्थानमा हवाई आक्रमण गरेको अहमद नाम गरेका एक विद्रोहीले बताए ।

विषालु ग्यासद्वारा आक्रमण भएकोबारे स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन ।

प्रतिक्रिया