आइतबार, साउन १० २०७८
काठमाडौं १८:५७
वासिङटन डिसी 09:12

फिलिपिन्समा आँधीका कारण ४२ जनाको मृत्यु

इनेप्लिज २०७२ पुष ७ गते १५:२५ मा प्रकाशित

Philippines-3मनिला (फिलिपिन्स), ७ पुस । फिलिपिन्समा आएको आँधीका कारण ४२ जनाको मृत्यु भएको यहाँको विपद् व्यवस्थापन समितिले मङ्गलबार जनाएको छ ।

आँधीका कारण चार जना हराइरहेको बताइएको छ ।

आँधीका कारण करिब दुई लाख ८७ हजार मानिस विस्थापित भएको उक्त समितिले जनाएको छ ।

यसैबीच, फिलिपिन्सका राष्ट्रपति बेनिङ्गो एस एक्विनो (तेस्रो) ले बुधबार तूफान प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुहुने भएको छ ।

राष्ट्रपति एक्विनो तेस्रोले पहिलो फिलिपिन्सको मध्य क्षेत्रमा अवस्थित उत्तरी सायरको भ्रमण गरेपछि तुरुन्तै देशको उत्तरी क्षेत्रको आँधी प्रभावित इलाकाको भ्रमण गरी तूफानले पारेको क्षतिको बारेमा जानकारी लिने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया