मंगलबार, साउन १९ २०७८
काठमाडौं २२:११
वासिङटन डिसी 12:26

कुवेती सांसदको बैठकमा भाग लिने क्रममा मृत्यु

इनेप्लिज २०७२ पुष ७ गते १५:२० मा प्रकाशित

कुवेत, ७ पुस । कुवेतका एक विधायकको संसद बैठकका क्रममा मङ्गलबार मृत्यु भएको छ ।

छैसट्ठी–बर्षीय विधायक नबिल अल फाद्हल, ६६, को संसद बैठकमा आफ्नो भनाई राखेको केही समयपछि उहाँ बसेको स्थानमा नै निधन भएको सभामुख मार्जौक अल धानेभले बताउनुभयो ।

मृतक विधायक फाद्हल स्वतन्त्र उम्मेदवारका रुपमा यहाँको विधायन सभामा प्रतिनिधित्व गर्नुभएको थियो ।

सभामुख अल धानेभले बैठकको सिलसिलामा विधायकको निधन भएपछि सदनको मङ्गलबारलाई तोकिएका सबै कार्यक्रमलाई स्थगित गर्दै बैठकको अन्त्य गर्नुभएको थियो ।

मृत्यु हुनुपूर्व केही मिनेट अगाडि आफ्नो भनाई राखी आफ्नो सिटमा बस्नुभएका विधायक फाद्हल त्यहीँ आफ्नो अन्तिम श्वास फेर्नुभएको थियो, एक प्रत्यक्षदर्शीले बताउनुभयो ।

उहाँले प्राण त्याग गरेको सिटमा कुवेतको राष्ट्रिय झण्डालाई शोकस्वरुप आधा झुकाई राखिएको छ ।

इस्लामिक अतिवादी विद्रोहीविरुद्ध खरो विचार राख्नुहुने सांसद फाद्हल विविध रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।

उहाँले गएको वर्षमात्र मिर्गौलाको प्रत्यारोपण गराउनुभएको थियो ।

विधायकको के कारण मृत्यु भएको भन्नेबारे आधिकारीक रुपमा कुनै प्रतिक्रिया आइसकेको भने छैन ।

प्रतिक्रिया