आइतबार, साउन १० २०७८
काठमाडौं ००:१०
वासिङटन डिसी 14:25

तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल: विभागीय टोली विजयी

इनेप्लिज २०७२ पुष ७ गते १५:०१ मा प्रकाशित

footballकाठमाडौँ, ७ पुस । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको प्रतियोगितामा एपिएफको महिला फुटबल टोलीले पश्चिमाञ्चल महिला फुटबल टोलीलाई १६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

त्यसैगरी सोही प्रतियोगिताअन्तर्गत लगनखेलमा आजै भएको अर्को आर्मीले सुदूरपश्चिमाञ्चल महिला फुटबल टोलीलाई पनि समान १६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा विजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु एक लाख पाउने छ ।

त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले समान रु ५०/५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीले यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गर्नेछन् ।

यही पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टोलीको सहभागिता छ ।

प्रतिक्रिया