शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:५५
वासिङटन डिसी 04:10

फुटबलका विश्व प्रसिद्ध नेताहरु ब्लाटर र प्लाटिनीमाथि फिफाद्वारा आठ वर्षको प्रतिबन्ध

इनेप्लिज २०७२ पुष ६ गते १५:५८ मा प्रकाशित

congress-Meeting

काठमाडौं, ६ पुस । फुटबलका विश्व प्रसिद्ध नेताहरु सेफ ब्लाटर र मिसेल प्लाटिनीमाथि विश्व फुटबल महासङ्घ (फिफा) को अनुशासन समिति (इथिक्स कमिटी) ले सोमबार आगामी आठ वर्षका लागि फुटबलका औपचारिक गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

फिफाको अनुशासन न्यायाधीशले ब्लाटर र प्लाटिनीले फिफाको अनुशासन (इथिक्स रुल्स) आफ्नो फाइदाका लागि उल्लङ्घन गरेको फैसला सुनाउँदै ब्लाटरलाई ५० हजार स्वीस फ्रान्क र प्लाटिनीलाई ८० हजार ४०० स्वीस फ्रान्कको जरिवाना तोकेको हो ।
फैसलामा भनिएको छ, “न त ब्लाटरको लिखित कागजातले न उहाँको व्यक्तिगत सुनुवाईमा २० लाख अमेरिकी डलरको भुक्तानीलाई सही दाबी गर्न सकेको छ, त्यसैले समिति उहाँहरुलाई फिफा कानुनबमोजिम छ वर्ष जेल र जरिवाना तोकेको छ ।”
फिफा अध्यक्ष ब्लाटर र लामो समयदेखिका उहाँका सहयोगी प्लाटिनीलाई खेल जगत्बाट करिब एक दशकका लागि निष्कासित गर्ने निर्णय फिफाको अनुशासन समितिले गरेको हो ।
प्लाटिनी फिफाको युनियन अफ युरोपिएन फुटबल एसोसिएसन (यूईएफए) का पूर्व अध्यक्ष हुनुहुन्छ ।
सन् २०११ मा करिब एक दशक पहिले खर्च गरिएको भनी फिफा अध्यक्ष ब्लाटरले यूईएफए अध्यक्ष प्लाटिनीलाई २० लाख अमेरिकी डलरलगायतका विभिन्न आर्थिक अनियमितता तथा पदीय मर्यादा विपरित कार्यहरु गरेको आरोपका सम्बन्धमा फिफाको अनुशासन समितिले उहाँहरुमाथि अनुसन्धान अघि बढाएको थियो ।
मिसेल प्लाटिनी
मिसेल प्लाटिनी
अनुशासन समितिको फैसला आएपछि पत्रकार सम्मेलन गर्दै ब्लाटरले “आफूमाथि लगाइएको प्रतिबन्धलाई चुनौती दिँदै भन्नुभयो, म यस निर्णयका विरुद्धमा अनुशासन समितिमाथिका निकायमा पुग्ने जनाउनुभयो ।”
आवश्यक परे फिफाको साख गिर्न नदिनका लागि आफूमाथि लगाइएको आरोप पुष्टि गर्न अदालतको ढोका ढकढकाउनसमेत पछि नपर्ने सो अवसरमा ब्लाटरले बताउनुभयो ।
आफूमाथि लागेको आरोप निराधार भएको भन्दै ब्लाटरले आफूले केही गल्ती नगरेको बताउनुभयो । “म अन्तिम समयसम्म न्यायका लागि सङ्घर्ष गर्नेछु ।” उहाँले भन्नुभयो ।
करिब ५२ मिनेट लामो पत्रकारसँगको संवादपछि ब्लाटरले बिदा हुने बेलामा भन्नुभयो, “म फेरी फर्किनेछु, धन्यवाद ।”
फैसलासँगै ब्लाटरको फिफाको १७ वर्ष लामो अध्यक्षता र करिब ४० वर्ष लामो फिफासँगको आवद्धता हाललाई अपमानजनक रुपमा अन्त्य भएको छ ।
फिफाका उपाध्यक्ष तथा यूईएफएका अध्यक्ष प्लाटिनीको फिफाको उत्तराधिकारीका लागि आगामी फेब्रुअरी २६ मा हुने निर्वाचनको दौड फैसलासँगै लगभग अन्त्य भएको छ ।
पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै फिफाका आकाङ्क्षी मानिँदै आएका प्लाटिनीले भन्नुभयो, “फैसला साह्रै निरासाजनक भएको छ । मलाई दुःख छ तर लज्जाबोघ भने विल्कुल छैन ।” प्लाटिनीले भन्नुभयो ।
म फुटबलको आगामी दिनका लागि नेतृत्व दिन नसकेकोमा दुःख महसुस भएको छ, तर यसको मतलब मलाई कुनै लज्जाबोध भएको छैन किनकी हामीले केही गल्ती गरेका छैनौँ । म अब आठ वर्षका लागि निलम्बित भएको छु, आठ वर्षका लागि । तर केका लागि आठ वर्षको निलम्बन यसका लागि न्याय पाउन सङ्घर्ष गर्नेछु ।
यसैबीच ८० वर्षीय ब्लाटरले आगामी फ्रेब्रुअरीमा आफ्नो उत्तराधिकारी चयन गर्ने फिफा सम्मेलनको अध्यक्षता गर्ने चाहना व्यक्त गर्नुभएको छ । रासस/एपी

प्रतिक्रिया