बिहीबार, साउन १४ २०७८
काठमाडौं ०१:५७
वासिङटन डिसी 16:12

कांग्रेस र मधेसी मोर्चाबीच कुरा मिलेन्, मंगलबार विहान फेरि वार्ता गर्ने

इनेप्लिज २०७२ पुष ६ गते १५:३२ मा प्रकाशित

congress-Meeting

काठमाडौं, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच सकारात्मक वार्ता भएको छ । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको वार्तामा संविधान संशोधन विधयेक र मधेस आन्दोलनबारे छलफल भएको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- वार्तामा सकारात्मक कुरा भयो । हामीले समानुपातिक समावेशीता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण विषय समेटिएको संविधान संशोधन विधेयक अगाडि बढाउन सहयोग गर्नुस् भन्यौ । उहाँहरुले सीमांकन र नागरिकताको विषयसहित प्याकेजमै सहमति हुनुपर्छ भन्नुभयो ।’ महामन्त्री सिंहले आजको वार्तामा आ-आफ्ना धारणा राख्ने काम भएको र मंगलबार विहान बस्ने वार्तामा विस्तृत छलफलबाट सहमतिमा पुग्ने बताउनुभयो । एक घण्टा लामो छलफलमा कांग्रेसले संशोधन विधेयकबाटै माग पुरा हुने भन्दै सहमति गरी अघि बढ्न मोर्चालाई आग्रह गरेको थियो । वार्तामा मोर्चा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र राय र लक्ष्मणलाल कर्ण सहभागी थिए । त्यसैगरी कांग्रेसबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि लगायतका नेताहरु सहभागी थिए । यसअघि शनिबारपनि कांग्रेस–मोर्चा वार्ता महाराजगञ्जमै भएको थियो ।

प्रतिक्रिया